नाइजेरिया लागोसका २ संदिग्धलाई यौन फिरौती र अवैध यौनधन्दा चलाएकोले अमेरिका सुपुर्दगी

इनेप्लिज २०८० साउन २९ गते १:०२ मा प्रकाशित

नाइजेरियाका २ संदिग्धलाई अवैध यौनधन्दा चलाएकोले अमेरिका सुपुर्दगी गरिएको छ । नाइजेरियाको लागोसका शमूएल र सामसन ओगोशी आइतबार अमेरिका ल्याईएको एबिसीन्यूजले जनाएको छ ।

उनीहरुले अनेक यौन हर्कत र गैरकानूनी सेक्सटर्सन ( यौन शोषण ,निजी तथा संवेदनशील सामग्री वितरण गर्ने धम्की दिने गिरोह) गर्ने चक्र चलाएको आरोपमा दुई पुरुषलाई संयुक्त राज्य अमेरिकामा सुपुर्दगी गरिएको मिशिगनका अधिकारीहरूले आइतबार घोषणा गरेका छन् ।

नाइजेरियाको लागोसका शमूएल र सामसन ओगोशी आइतवार अमेरिका आइपुगे र सोमबार संघीय अदालतमा हाजिर हुनेछन ,बिज्ञप्तिमा भनिएको छ ।

यौन फिरौती वा “यौन शोषण,” ब्ल्याकमेलको एक रूप हो जसमा घोटालाकर्ताहरूले सोझा साझालाई फ़साउछ्न । पीडितलाई आफ्नो नग्न वा स्पष्ट तस्बिरहरू पठाउन जबरजस्ती गर्छन् र त्यसपछि तस्बिररू सार्वजनिक रुपमा प्रकाशन गर्ने धम्की दिने नत्र पीडितलाई पैसा तिर्न लगाउने प्रयास गर्छन भनि एफबीआईले
जनाएको छ ।

अभियोजकहरूका अनुसार शमूएल र सैमसनले १७ वर्षीय जोर्डन डेमे लगायतका युवाहरूलाई शिकार गरेका थिए । जसले उनीहरूलाई अंतर्जालमा पठाएको स्पष्ट तस्बिहरु प्रकाशन गर्ने धम्की दिएपछि आत्महत्या गरेका थिए ।

२२ बर्षिय सामुएल ओगोशी,२० बर्षिय सैमसन ओगोशी,१९ बर्षिय इजेकिएल इजेहेम रोबर्ट सबै लागोस नाइजेरियाका हुन् । उनीहरुले सामाजिक संजाल इन्स्टाग्राममा कथित रूपमा केटीको रूपमा आफूलाई प्रस्तुत गर्थे । डेमे लगायतका “सयौं” पीडितहरूसँग यसरी फसाएका थिए ।

गत वर्ष कानून प्रवर्तन सँस्थाहरूले नाबालिगहरूको (साङ्गणिक)अनलाइन यौन शोषणसँग सम्बन्धित ७,००० भन्दा बढी प्रतिवेदन (रिपोर्ट)हरू प्राप्त गरेका छन्, जसको परिणामस्वरूप कम्तिमा ३,००० पीडितहरू त्यसमा मुख्य रूपमा किशोरहरु पीडित भएको एफबिआईले जनाएको छ ।

यौन शोषणका एक दर्जनभन्दा बढी पीडितले आत्महत्या गरेका छन् ।

“यौन अपराध एक भयानक अपराध हो।” “यी अपराधहरू गर्नेहरूलाई: हामी तपाईंलाई संसारभरि पछ्याउनेछौं। आइतवारको पत्रकार सम्मेलनमा मिसिगनका जिल्ला महान्यायाधिवक्ता मार्क टोटनले पुरुषहरूलाई न्यायको दायरामा ल्याउन एफबीआई र नाइजेरियाका अधिकारीहरूको साझेदारीलाई श्रेय दिए।

प्रतिक्रिया