सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ : डा. कोइराला

इनेप्लिज २०८० साउन २८ गते ११:२४ मा प्रकाशित

काठमाडौं, नेपाली कांग्रेसका सांसद डा। शेखर कोइरालाले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताएका छन् ।

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा बोल्दै डा। कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बनेको दाबी गरेका हुन् ।

उनले भने, ‘४ सय देखि ५ सय टन सुन नेपालबाट कहाँ र कसरी जाँदैछ ?  यो सबैले बुझ्न जरुरी छ।’

प्रचण्डको सचिवालयमा काम गरेका व्यक्ति राजश्व अनुसन्धान विभागमा गएपछि सुन समातिएको भन्दै उनले भने, ‘त्यसपछिका घटनाहरू हेर्नुस्, के भइरहेको छ ? उहाँले के बोल्नुभयो ? सीआईबीलाई किन दिनुपर्‍यो, हामी नै सक्षम छौं भनेको बिर्सिनुभयो ? ’ उनले भने ।

कांग्रेस नेता कोइरालाले कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले अहिले आपत्तिजनक र बोल्नै नमिल्ने अभिव्यक्ति दिन थालेको भन्दै नेतृत्वको धारणा के हो भनेर प्रश्नसमेत उठाएका छन् ।

नेकपा एमालेले किन उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ भन्ने कुरामा गम्भीर रूपमा सोच्न जरुरी रहेको बताउँदै उनले प्रतिशोधको भावनाले अरु पार्टीका नेतालाई अपहरणको शैलीमा पक्राउ गरेर ल्यारक्याल लामाहरूको नियुक्तिले आफ्नो पार्टीको छवि कमजोर भइरहेको बताए ।

प्रतिक्रिया