हवाईको माउइ टापुमा मृत्यु हुनेको कूल संख्या ८० पुग्यो

इनेप्लिज २०८० साउन २७ गते ९:४५ मा प्रकाशित

हवाईको माउइ टापुमा यस हप्ता जंगलमा लागेको डढेलोबाट मृत्यु हुनेको कूल संख्या ८० पुगेको माउई काउन्टी सरकारले शुक्रबार राति ९ बजे घोषणा गरेको छ अर्थात् अमेरिकी पूर्वीय समय अनुसार बिहानका ३ बजे उक्त घोषणा आएको हो ।

विज्ञप्तिमा भनिएको छ, “अग्निनियन्त्रकहरूले लहैना ,पुलेहु/किहेई र माथिल्लो माउइमा आगो निभाउने काम जारी राखिएको छ ,” “मृत्युको संख्या ८० पुगेको छ।”

पश्चिम माउईमा आगो लागेको कानापाली क्षेत्रमा वस्ती खाली गरिएको छ गर्न भने अब १००% नियन्त्रित छ भन्दै सामाजिक संजाल र हवाई आपतकालीन व्यवस्थापन संस्थाबाट सि एनएनलाई बिधुतिय डाक प्राप्त गरेको उल्लेख गरेको छ ।

यसैबीच प्रहरीले पश्चिम माउईमा आवत जावत प्रतिबन्धित गरिरहेको छ, माउई काउन्टी सरकारले जनाएको छ ।

उक्त क्षेत्रमा संचार धवस्त भएकोले यसले थप घुम्ती संचार (सेलफोन) सेवा यस क्षेत्रमा उपलब्ध हुन थालेको छ, तर सीमित स्रोतका कारण प्रयोगकर्ताहरूलाई कुराकानीको सट्टा सन्देश आदान प्रदान गर्न सम्झाएको छ।

प्रतिक्रिया