देशभित्रै विद्युत अभाव छ, बेचेका छौँ भन्नु निरर्थक : अध्यक्ष ओली

इनेप्लिज २०८० साउन २५ गते १३:०१ मा प्रकाशित

काठमाडौ, नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशले नक्कली ढंगले विद्युत् बचत छ भनेर निर्यात गरिरहेको दाबी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को विचार गोष्ठी कार्यक्रममा उनले देशमा माग अनुसारको आपूर्ति गर्न नसकेको अवस्थामा नक्कली ढंगले विद्युत् बचत छ भनेर निर्यात गरिरहेको भन्दै ऊर्जा बेच्यौँ भन्ने कुरा निरर्थक भएको तर्क गरे ।

उनले भने, ‘अहिलेको अवस्था विद्युत् निर्यात गरिरहेका छौँ भने हाम्रो माग अनुसारको आपूर्ति गर्न सकेका छैनौँ ।

नक्कली ढंगले विद्युत् बचत छ भनेर निर्यात गरी रहेका छौँ किनकि थुप्रै उद्योगहरूले विद्युत् पाएका छैनन् ।

आवश्यक अनुसारको पाउनु पर्ने पाएका छैनन् । त्यस अनुसारको माध्यम नभएर पनि पाएका छैनौँ । यस्तो अवस्थामा हामीले ऊर्जा बेच्यौ भन्ने कुरा निरर्थक छ । धेरै नोक्सान सहेर बेचेका छौँ ।’

उनले प्रधानमन्त्रीले भारत भ्रमणको समयमा कस्ता नीतिको साथ जान लागेको केही छलफल नगरी गएर खुर्केट कर्णाली सुम्पिएर आएको आरोप लगाए ।

उनले भने,‘प्रधानमन्त्रीले भारत भ्रमणको समयमा कस्ता नीतिको साथ जान लागेको के के छ योजना केही भन्नुभएन केही छलफल नगरी खुर्केट कर्णाली सुम्पिएर आउनु भयो ।’

उनले विद्युत् प्रयोग जो कोहीले पनि गर्न पाउने तर नियन्त्रण आफ्नो देशको हुनुपर्ने बताए ।

प्रतिक्रिया