राष्ट्रपतिको भ्रमण अघि बाइडेनलाई कथित रूपमा धम्की दिएपछि युटहमा एफबीआई गुप्तचरहरूद्वारा एक व्यक्ति मारिए

इनेप्लिज २०८० साउन २५ गते ११:३३ मा प्रकाशित

अमेरिकी अनुसन्धान संघीय बिभाग (एफबीआई )विशेष गुप्तचर (एजेन्ट)हरूले बुधवार युटहका एक व्यक्तिलाई राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपतिको राज्य भ्रमण अघि धम्की दिएको आरोपमा पक्राउ गर्ने प्रयास गर्दा गोली हान्दा उनको मृत्यु भएको छ ।

घटनासँग परिचित कानून प्रवर्तन स्रोतका अनुसार एफबीआई बिशेष गुप्तचरहरूले मानिसलाई आदेश दिइरहेको बेला उक्त व्यक्तिले उनीहरूलाई बन्दुक देखाएको बताएका छन् ।

क्रेग रोबर्टसन नामका ती व्यक्तिले राष्ट्रपतिविरुद्ध धम्कीका साथै संघीय कानून प्रवर्तन अधिकारीहरूलाई धम्की दिएर प्रभाव पार्ने, बाधा पुर्‍याउने र बदला लिने लगायत तीनवटा संघीय आरोपहरू सामना गरिरहेका थिए। अन्वेषकहरूका अनुसार रोबर्टसनसँग बन्दुकहरू रहेको विश्वास गरेको समाचारमा उल्लेख छ ।

केही धम्कीहरू बुधवार साँझ युटहमा बाइडेनको योजनाबद्ध यात्राको ठीक अगाडि भएको थियो।

“मैले सुनें बाइडेन यूटह आउँदैछन ,” यस्तो थियो धम्कि । “मेरो पुरानो गिल सूट (अर्थात् छ्द्मावरण वस्त्र )निकाल्दै र एम२४ राइफलको धुलो सफा गर्दै। स्वागत छ, स्वांगी प्रमुख अर्थात् बफुन-इन-चीफ!” संदेश पठाएका थिए ।

सोमबार एक सामाजिक संजालमा रोबर्टसनले यस्तो लेखेका थिए “एफबीआई, तपाइहारु अझै मेरो सामजिक संजाल निगरानी गर्दै हुनुहुन्छ?

रोबर्टसनले कथित रूपमा महान्यायाधिवक्तालाई मेरिक गारल्याण्ड विरुद्ध सामाजिक संजालमा धम्की दिएका थिए । उनले उपराष्ट्रपति कमला ह्यारिस, न्यूयोर्क राज्यका महान्यायाधिवक्ता तथा क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमलाई समेत धम्कि दिएका थिए।

प्रतिक्रिया