नेपाली चलचित्र ‘द सेक्रेटस् अफ‘राधा’ बेलायतका दुई स्थानमा प्रदर्शन हुने भएको छ । अमेरिकाका विभिन्न राज्यहरुमा प्रदर्शन गरिए पछि आगामी अगस्त १२ र अगस्त १४ का दिन बेलायतमा प्रदर्शन हुने भएको छ। तर अमेरिकाको भर्जिनियामा अगस्त २० मा फेरी प्रदर्शन हुने चलचित्रका निर्देशक लेखक सुवर्ण थापा बेलायतबाट ईनेप्लिजलाई बताए ।
बेलायतमा पनि यस चलचित्रका निर्देशक सुवर्ण थापा स्वयम उपस्थित भै प्रदर्शनमा दर्शकहरुसँग स्वयम सहभागी हुनेछन ।
उनले दिएको जानकारी अनुसार चलचित्र अगस्त १२ शनिबारका दिन ट्रामशेड थेटर (चलचित्र मन्दिर) मा हुने छ भने टिकट दर १२ पाउण्ड राखिएको छ । प्रदर्शन ६ बजे साँझ प्रदर्शन हुनेछ । बिस्तृत जानकारी यसै ध्वजा(ब्यानर)मा दिइएको छ । यस चलचित्रलाई मिल्शा स्टोरले समर्थन गरेको छ ।
त्यस्तै अगस्त १४ सोमबारका दिन एडिनबर्गमा साँझ ५:३० बजे प्रदर्शन हुनेछ । टिकट दर २० पाउण्ड राखिएको छ भने आयोजक नेपाल स्कटल्याण्ड एसोसिएसन रहेको छ ।
हालसालै नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सुवर्ण थापाद्वारा निर्देशित चलचित्र ‘द सेक्रेटस् अफ राधा’ले उत्कृष्ट चलचित्रको पुरस्कार पाएको थियो ।
द सेक्रेट अफ राधा” नारीका संम्वेदनाहरूलाई केन्द्र बिन्दुमा राखेर निर्देशक सुवर्ण थापाद्धारा निर्देशन तथा निर्माण गरिएको चलचित्र हो।
एक गर्भवती महिलाले आफ्नो बेपत्ता भएको श्रीमानको खोजी गर्ने गरेको संघर्षको कथालाई चलचित्रले मुख्य कथा बस्तु बनाएको छ। यस चलचित्रको मुख्य पात्र राधाले जस्तै हजारौ हजार हाम्रा दिदिबहिनीहरूले पनि यस्तो समस्या दिनहॅु हाम्रो समाजमा भोग्दै आएका छन्।बर्तमान समयमा नेपाली समाजमा घटिआएका र हाम्रो समाजले भोगी आएको कथा बस्तुलाई लिएर यो चलचित्र निर्माण भएको छ। तसर्थ यो चलचित्र एक सामाजिक चलचित्र बन्न सफल भएको छ।
राधा राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्र महोत्सवहरूमा ख्याति कमाएको चलचित्र हो। यो चलचित्र फ्रान्सको चर्चित “ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिवलमा” ७ बिधामा मनोनयन परेको थियो। जसमा उत्कृष्ट कलाकार ,निर्देशक र चलचित्र गरि तीन बिधामा पुरस्कार जितेको चलचित्र हो। त्यस्तै यो चलचित्र नेपालको नेफ्टा अवार्ड(पुरस्कार)मा पनि १० विधामा मनोनयनमा परेको चलचित्र हो।
प्रतिक्रिया