फ्लोरिडाको समुन्द्रतटमा सम्भवत भारतीय मूलकी आमाले आफ्नो नवजात शिशुलाई समुन्द्रमा फ्याएकोमा १४ वर्षको कारागार सजाय

इनेप्लिज २०८० साउन १८ गते ११:३३ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यको समुन्द्र तटमा सम्भवत भारतीय मूलकी आमाले आफ्नो नवजात शिशुलाई समुन्द्रमा फ्याएकोमा १४ वर्षको कारागार सजाय सुनाईएको छ । पाँच वर्षअघि फ्लोरिडाको तटमा आफ्नो नवजात शिशुको शव समुन्द्रमा फ्याकेकी आमालाई अदालतले बुधवार हत्या गरेकोमा उनि दोषी ठहरिए पछि उनलाई न्यायाधिशले १४ वर्षको कारागार सजाय सुनाईएका छन ।

३० वर्षीया आर्य सिंहले पाम बिच काउन्टी अदालतमा सुनुवाइका क्रममा शवको दुरुपयोग गरेको स्वीकार गरेकी छन् । उनी दोस्रो श्रेणीको हत्या आरोपको सामना गरिरहेकी थिइन्, जसमा सम्भावित आजीवन कारावास थियो। शिशु बालिका जसको शव पाम बीच काउन्टीमा जुन १, २०१८ मा तैरिरहेको अवस्थामा फेला परेको थियो ।

पाम बीच काउन्टी शेरिफको कार्यालयले आमाको लागि ठूलो खोजी सुरु गर्यो। जासूसहरूले नजिकैका अस्पतालहरूमा जन्म दिएका ६०० भन्दा बढी आमाहरूको जाँच गरेका थिए ।

शेरिफको कार्यालयका अनुसार अनुसन्धानले सिंहको भ्रमणध्वनि (सेलफोन) खोज गरि सबै इतिहास पत्ता लगाएका थिए । सिंहको डीएनए परीक्षणले बच्चा उनको नै भएको पुष्टि भयो। उनले बच्चा जन्मेको एक दिनपछि मृत शिशुको शव पानीमा राखे पनि बच्चा जन्मँदा जीवित छ कि छैन भन्ने थाहा नभएको बताइन् भनि सिबिएसन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया