अमेरिकी सर्वोच्च अदालतले मङ्गलबार मेन राज्यको संसदलाई रिपब्लिकन सांसद लरेल लिबीमाथिको औपचारिक निन्दा खारेज गर्न आदेश दिएको छ।
लिबीमाथि यो निन्दा फेब्रुअरी १५ देखि लागु गरिएको थियो । उनले सामाजिक सञ्जालमा एक ट्रान्सजेन्डर (परालैङ्गिक )खेलाडीको पहिचान खुलाउँदै प्रकाशन गरेकी थिइन्। ती खेलाडीले महिलाहरूको पोल भल्ट (डण्डा फाल )प्रतियोगिता जितेकी थिइन्।
सात–दुईको मतमा अदालतले लिबीलाई राहत पाउने अधिकार निर्णय सुनाएको छ । लिबीले सर्वोच्च अदालतको आदेशलाई “संविधानको विजय” भन्दै स्वागत गरिन्। उनले सामाजिक संजाल एक्समा लेखिन्, “यो केवल मेरो क्षेत्रका नागरिकहरूको विजय होइन, यो संविधानको पनि जीत हो।”
तर न्यायाधीशहरू सोनिया सोतोमेयर र केतान्जी ब्राउन ज्याक्सनले असहमति जनाए। ज्याक्सनले यस्तो आकस्मिक राहत प्रदान गरिनुलाई “न्यायालयको मापदण्ड कमजोर पारिएको” भन्दै आलोचना गरिन्।
लिबीले उक्त खेलाडीको पहिचान पहिले नै संचार माध्यममा सार्वजनिक भइसकेको दाबी गरिन । र ,उनले मात्र सत्य बोलेकी थिइन्। जब मेन राज्यका सभामुख रायन फेक्टोले लिबीलाई प्रकाशन हटाउन आग्रह गरे, उनले अस्वीकार गर्दै उल्टै “मेनका महिलारूको अधिकारका लागि नीति बनाउ” भनेकी थिइन्।
माफ माग्न अस्वीकार गरेपछि लिबीमाथि संसदबाट औपचारिक निन्दा गरिएको थियो। पछि उनले मुद्दा दायर गरिन्, जुन सर्वोच्च अदालत ले अब उल्टाइदिएको छ।
प्रतिक्रिया