दक्षिण कोरियामा उच्च तापक्रमको कारण १६ जनाको मृत्यु

इनेप्लिज २०८० साउन १७ गते १६:५६ मा प्रकाशित

दक्षिण कोरियामा उच्च तापक्रम र अति गर्मीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

दक्षिण कोरियामा देशका केही भागहरूमा ३८ डिग्री सेल्सियस (१०० फरेनहाइट) भन्दा माथिको तापक्रम पुगेके र लामो समयसम्म तातो लहरको चपेटामा पर्दा गर्मीसँग सम्बन्धित रोगका कारण कम्तीमा १६ जनाको मृत्यु भएको सिएनएनले जनाएको छ ।

मृत्यु गत मे महिना देखि अहिले सम्म त्यती जनाको मृत्यु भएको हो गत वर्षको सोही अवधिको भन्दा धेरै मृत्यु भएको समाचारमा उल्लेख छ ।

गत बर्ष गर्मी सम्बन्धी रोगहरूबाट छ जनाको मृत्यु भएको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सीले बुधवार जनाएको छ ।

मंगलबारसम्म कुल १,२८४ जनाले गर्मी सम्बन्धी रोगबाट पीडित भएको सॅस्थाले जनाएको छ ।

प्रतिक्रिया