मस्कोको गगनचुम्बी भवनमा दोश्रो पटक मानवरहित यान प्रहार(ड्रोंन )भएको छ भने उक्त आक्रमणलाई रुसले आतंकवादी हमलाको संज्ञा दिएको छ ।
रुसले युक्रेनले मंगलबार मस्कोतर्फ तीनवटा मानवरहित युद्धयान (ड्रोन) प्रक्षेपण गरेको र त्यसलाई रक्षा मन्त्रालयले “आतंकवादी हमला” भनेको छ।
“अगस्त १ को राती मस्कोका सुविधाहरूमा मानवरहित यानहरूद्वारा आतंककारी हमला गर्ने किभ शासनको प्रयासलाई असफल पारियो.,” मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।
मन्त्रालयका अनुसार तीनवटा मानवरहित यानलाई खसालिएको हो । दुई युक्रेनी मानवरहित यानहरू मस्को क्षेत्रको ओडिन्टसोभो र नारोफोमिन्स्क जिल्लाहरूको क्षेत्रमा हवाई रक्षा सुविधाहरूबाट आकाशमा नष्ट गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
तेस्रो मानवरहित यान मस्को शहरमा गैर आवासीय भवनमा प्रहार हुनु अघि रोकियो र नियन्त्रण गुमायो भनि विज्ञप्तिमा जानकारी दिइएको सिएनएनले जनाएको छ । अत आइतवार युक्रेनी मानव रहित आक्रमण भएको उही भवनमा यसले आक्रमण गरेको थियो।
भवनमा रहेका कार्यालयहरूमा अर्थ मन्त्रालय, उद्योग तथा वाणिज्य मन्त्रालयको वैज्ञानिक तथा प्राविधिक पुस्तकालय, अङ्किय (डिजिटल )विकास मन्त्रालय, तिनका मातहतका संरचना र प्राविधिक नियमन तथा नापतौलसम्बन्धी सङ्घीय निकायको स्थानीय निकायको प्रतिनिधिमण्डल रहेको छ ।
प्रतिक्रिया