अमेरिकाको इन्डियानामा आयोजना गरिएको रात्री भोजमा गोलाबारी हुँदा १ को मृत्यु ,कैयौ घाइते

इनेप्लिज २०८० साउन १४ गते २२:०५ मा प्रकाशित

अमेरिकाको इन्डियाना राज्यको मन्सि शहरमा आयोजना गरिएको रात्री भोजमा गोलाबारी हुँदा १ जनाको मृत्यु भएको छ भने कैयौ घाइते भएका छन् ।

डेलावेयर काउन्टीको ९११ मा आइतवार बिहान १:१४ बजे मन्सिको एस ह्याकले स्ट्रिट (गल्ली)तथा ई. विलार्ड स्ट्रिट (गल्ली)को क्षेत्रमा आयोजना भएको ठूलो भोजमा धेरै जनालाई बन्दुकको गोली लागेकाहरूले सम्पर्क गरेका थिए ।

गोलाबारीमा एक ३० वर्षीय पुरुषको मृत्यु भएको छ भने धेरै पीडितहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको एबिसीन्यूजले जनाएको छ । साथै प्रहरीका अनुसार अधिक गम्भीर घाइते भएका पीडितहरूलाई अन्य चिकित्सा सुविधाहरूमा उदग्रबिमान (हेलीकप्टर )बाट लागिएको छ ।

उपचारमा रहेकाहरुको कति संख्या भन्ने बारे हालसम्म उपलब्ध गराइएको छैन । मन्सिको आईयू हेल्थ बल मेमोरियल अस्पतालले गोलाबारीबाट १९ जना बिरामीहरू प्राप्त गरेको अस्पतालका प्रतिनिधि नील गिफोर्डले एबीसी न्यूजलाई पुष्टि गरे। नगरले यस समयमा जनतालाई तत्काल कुनै खतरा नभएको र अनुसन्धान जारी रहेको बताएको छ।

प्रतिक्रिया