नर्थ क्यारोलाईनामा कार्बन मोनोअक्साइड विषाक्तताका कारण ३ जना नौसैनिकको गाडीमा मृत्यु

इनेप्लिज २०८० साउन ११ गते ०:५७ मा प्रकाशित

अमेरिका नर्थ क्यारोलाईनामा कार्बन मोनोअक्साइड विषाक्तताका कारण ३ जना नौसैनिकको गाडी(कार)मा मृत्यु भएको उत्तर क्यारोलाइनाका अधिकारीहरूले बताएका छन् ।

क्याम्प लेजुनका तीन नै सैनिक उत्तर क्यारोलाइनाको एक पसल (स्टोर) बाहिर आइतबार बिहान एउटा गाडीमा मृत फेला परेका थिए ।

सैनिक तालिम केन्द्रबाट करिब एक घन्टा टाढा रहेको ह्याम्पस्टेड सुविधा पसल (स्टोर)को गाडी अडान क्षेत्र (पार्किङ)मा आइतबार बिहान करिब ९ बजे प्रहरी सहायकहरुले शव फेला पारेका थिए ।

सहायकहरूले हराएको व्यक्तिहरुको खोजी गरि रहेका पेन्डर काउन्टी शेरिफको कार्यालयले जनाएको छ । कार्यालयले आइतवार बिहान एक महिलाले दूरभाष (फोन ) गरेकी थिइन् । उक्त महिलाले आफ्नो छोरा, एक नौसैनिक अघिल्लो रात ओक्लाहोमाको उडानमा आउन असफल भएको बताएकी थिइन् ।

पछि त्यो बिहान प्रहरीहरुले बेपत्ता भएका नौसैनिक शव र अन्य दुई नौसैनिक गाडी भित्र भेट्टाएका थिए ।

नर्थ क्यारोलाइना चिकित्सा निरीक्षकको कार्यालयले बुधबार गरेको शव परीक्षणले सबैको मृत्यु कार्बन मोनोअक्साइड विषाक्तताका कारण भएको खुलासा गरेको पेन्डर काउन्टीका अधिकारीहरूले बताएका छन्। उनीहरुको मृत्युको अवस्थाबारे थप विवरण दिइएको छैन।

युएस मरीन कोर्प्स(अमेरिकी नौ सैनिक )ले मंगलबार ती पुरुषहरूमा १९ वर्षीय ट्यानर जे काल्टेनबर्ग ,२३ बर्षिय मेर्याक्स सी ड्केरी र २३ बर्षिय इभान आर गार्सिया भएको पुष्टि गरेको छ । उनीहरु चढेको गाडी निजी स्वामित्वको समेत भएको जनाएको छ ।

प्रतिक्रिया