रुस र उत्तर कोरियाको रक्षा मन्त्रालयले प्योङयाङ वार्तापछि सम्बन्ध थप मजबुत बनाउने भएको छ ।
रुसी रक्षामन्त्री सर्गेई शोइगुले प्योङयाङमा आफ्नो उत्तर-कोरियाली समकक्षीसँगको वार्तामा रुस र उत्तर कोरियाबीचको “लगातार द्विपक्षीय सम्बन्धको विकास” र “सहयोगलाई सुदृढ” गर्ने आफ्नो इच्छा व्यक्त गरे भनि सिएनएनले समाचार लेखेको छ ।
रुसी रक्षा मन्त्रालयको वक्तब्य अनुसार सोइगुले उत्तर कोरियालाई “रूसको महत्त्वपूर्ण साझेदार” पनि भनेका छन ।
कोरियाली युद्ध समाप्त भएको ७०औँ वर्षगाँठका लागि उत्तर कोरियाको भ्रमणमा रहेको रुसी प्रतिनिधिमण्डलको नेतृत्व रक्षामन्त्रीले गरेका छन् ।
सोइगुले रुस र उत्तर कोरिया बीचको “सहयोगको समृद्ध इतिहास” लाई जोड दिए र युद्ध पछिको अवधिमा दुई देशबीचको अन्तरक्रिया बलियो भएको दाबि गरेको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।
प्रतिक्रिया