इन्द्रेनी प्रकाशन’द्वारा असमेली नेपाली समालोचना खण्ड -२ सम्पन्न

इनेप्लिज २०८० साउन १० गते ११:०७ मा प्रकाशित

हालै २२ र २३ जुलाई २३ मा ‘इन्द्रेनी प्रकाशन’द्वारा असमेली नेपाली समालोचना खण्ड -२ वरिष्ठ साहित्यकार पद्मश्री श्री लील बहादुर छेत्री ज्युको गरिमामय उपस्थितिमा आसामको गुवाहाटी स्थित कटन विश्वविद्यालय को सुडमर्सन हल मा सम्पन्न भएको थियो ।

सौभाग्यवस यस सर्जक को ‘माधुरी’ पुस्तिका यसपालि समिक्षार्थ चयन भएको र श्री निलीमा आचार्य द्वारा उक्त गीत संग्रहको समालोचना भएकोमा ख़ुशी लागेको छ । सबैमा साहित्यानुरागीहरुमा share गरें … यस अवसरमा म आदरकासाथ सिक्किम विधान सभाका भुतपूर्ब अध्यक्ष स्वर्गीय तुलसीराम शर्मा ‘कश्यप’ र ‘आँकुरा’ प्रकाशनका प्रकाशिका श्रीमती हिरालता शर्मा , इन्द्रेनी प्रकाशन र असमेली नेपाली समालोचनाका सबै कार्यकर्ता साथै समालोचक श्री निलीमा आचार्य लाई हार्दिक साधुवाद टक्र्याउन चाहन्छु ।

धन्यवाद ~ तुंगनाथ

प्रतिक्रिया