यादका केही पलहरु

इनेप्लिज २०८० साउन ९ गते १०:४० मा प्रकाशित

खगेन्द्र प्रसाद आचार्य

मैले हिडने कोसिस गर्दा,
हिडन नसकेर लडेको देखेर,
मेरा हात समाएर हिडन सिकाउने,
तिम्रा हातलाइ प्रणाम गर्छु आमा ।

दन्तकाली पिन्डेश्वरी बुढासुब्बा ,
एकलधारे दुईधारे सर्दु खोला,
अनि खहरेको ठूलो धारा,
पानीका गाग्रा बोक्दा बोक्दा,
थाकेको तिम्रो कम्मर आमा,
आज सम्झना आउदा चारथोपा आँसु,
तिम्रो तस्वीरमा झर्छन ।
म त्यही मुन्डाघरमा पुग्छु आमा ।

म रुदा मलाइ पिठ्युमा बोकेर,
त्यो परेवाको ठूलो गुड देखाउदै,
चौरी मा घुमाउदा थाकेको कम्मर,
अनि मलाइ काखमा हल्लाएको,
भुल्न सकेको छैन आजसम्म आमा ।
मलाइ हुर्काउन गरेका सघर्सका दिन,
तिम्रा मरेका कति कति चाहना सम्झिदा,
सास रोकिन खोज्छ आज आमा ।

तिमीले खपेका घरका बुहार्तन,
ती आखामा आसुको बाढी ,
तिम्रो त्यो निस्वार्थ माया प्रेम,
खोजेर कतै पाइदैन आमा ।

हिजो सपनीमा तिमीले आँसु पुछेको देखे
तिम्रो तकिया आँसुले भिजेको देखे,
छोडेर कतै टाढा नजाउ भन्दै,
बिलाप गर्दै आफू रोएको देखे आमा ।

दुख हुदा मेरो टाउको बिसाउने,
तिम्रो काध र न्यानो माया सम्झिन्छु,
आमा!म अस्पतालको मिर्त्यु शैयमा हुदा
तिम्रो न्यानो काखको सम्झनाले,
आज मलाइ रुने बनायो।

तिमिले बा ले छोडेर गएपछी ,
धृतरास्ट र दुर्योधनले दिएको दुखका,
यादका पलपलले सताउदा आँसु पुछ्न
तिम्रो सारी को फेरो खोज्न आमा ।
म त्यही मुन्डाघर पुग्छु आमा

खगेन्द्र प्रसाद आचार्य
दुर्गा नगर बिकास समाज

प्रतिक्रिया