यति गहिरो प्रेममा छु म तिमीलाई…………

इनेप्लिज २०८० साउन ६ गते १२:१२ मा प्रकाशित

यति गहिरो प्रेममा छु म तिमीलाई अझै माया गर्नेछु

मनले चाहेको तिमी नै हौ तिम्रो मायामा हराएको छु

म सधैँ तिम्रो साथमा रहन चाहन्छु

म तिमीलाई मेरो सम्पूर्ण हृदय दिन्छु

म तिमीलाई धेरै मिस गर्दछु

तिमीलाई मेरो शब्दहरूले देखाउन सक्ने भन्दा बढी माया गर्छु

तिमी बिना, मेरो लागि जीवनको कुनै मतलब छैन

तिम्रो लागि मेरो माया कहिल्यै कम हुनेछैन

तिमि बाट धेरै टाढा हुँदा दुख लाग्छ

मैले महसुस गरेँ कि मलाई तिम्रो साथ चाहिन्छ

तिम्रो मायाको लागि मेरो मन छ

तिम्रो लागि मेरो माया साँचो छ

तिम्रो नाम मुटुमा लेखेको छु सधैँभरि रहनेछ

टाढा गएर बसेकी भए पनि मेरो नजिक छौ जस्तो लाग्छ

मेरो हृदयले सधैँभरि मायालुलाई माया गर्छ

हामीले सत्यको लागि यो सबै जान्नुपर्छ

मलाई माया गर्न देऊ माया गर्दा कस्तो लाग्छ

मेरो हात समात्नु तिमि सँगै यात्रा गर्नु छ

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया