एनआरएनए अमेरिकाको महिला संयोजककी शसक्त उम्मेदवार सुनिता खत्रीद्वारा प्रतिबद्धताहरु सार्वजनिक

इनेप्लिज २०८० साउन ३ गते २३:३५ मा प्रकाशित

एनआरएनए अमेरिकाको महिला संयोजककी शसक्त उम्मेदवार सुनिता खत्रीले आफू उम्मेदवार हुदै गर्दा आफ्ना महत्वपूर्ण प्रतिबद्धताहरु सार्वजनिक गरेकी छिन । आज जुलाई १९ का दिन उनले उक्त प्रतिबद्धताहरु सार्वजनिक गर्दै सहयोग र समर्थन गर्न सबैमा आग्रह गरेकी छिन ।

अढाई दशक देखि अमेरिकाको भर्जिनियामा बस्दै आएकी उनले आफ्नो छोटो पृष्ठभूमी सहित १३ वटा प्रतिवद्दता सार्वजनिक गर्दै सबैले यस पटक आफूलाई उक्त पदमा बिजयी गराउन समेत आह्वान गरेकी छिन ।

पत्रकारिता समेत गरेकी खत्री नेपालमा बैंक र अमेरिकामा एक ब्यबसायी पनि हुन् । हरेक क्षेत्रमा सहयोग गर्ने र दानबिर समेत रहेकी कखत्री कम्तिमा पनि आधा दर्जन संघ/संस्थामा सक्रीय भूमिका निर्वाह गर्दै आएकी छिन ।

उनले राखेका प्रतिबद्धताहरुमा नेपालबाट आउनु भएका नव आगन्तुक नेपालीहरु र विशेषतः विद्यार्थी र महिला वर्गलाई स्वास्थ्य विमा, सेल्टर आईडी कार्ड, मेडिकेडका लागि विशेष काम गर्ने ,महिला मेण्टल हेल्थका लागि आवश्यक कार्य प्रारम्भ गर्ने र महिला तथा बालबालिका अधिकारको लागि आवश्यक कदम चाल्ने जस्ता १३ वटा प्रतिबद्धताहरु रहेका छन् ।

बिस्तृत जानकारी लिन सामाजिक संजालमा प्रकाशन गरेको पूर्ण पाठ जस्ताको त्यस्तै :

आदरणीय अमेरिकावासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक अभिवादन !

विद्यार्थी भिसामा २६ बर्षअघि अमेरिका आएकी म हाल अमेरिकाको भर्जिनियामा बस्छु | नेपालमा रहँदा बैंकिङ, पत्रकारिता को अनुभब को साथै समाजसेवाका क्षेत्रमा लामो समयसम्म सेवा गरेकी छु । अमेरिका आएपछि पनि बिभिन्न संघ संस्थाहरुमा आबद्ध छु भने एनआर एन ए मा निरन्तर समाहित हुँदै हाल म आफ्नै ब्यबसाय संचालन गरेर सपरिवार भर्जिनियामा बसेकी छु |

यहाँहरुलाई अवगत नै छ, अहिले NRN NCC USA को चुनाव आएको छ | आ-आफ्नो क्षमता, रुचि र दक्षताको आधारमा नेतृत्वको निम्ति साथीहरूले आफुलाई उमेदवारका रुपमा प्रस्तुत गर्नु भएको छ | यसै सन्दर्भमा मैले पनि आफुलाई महिला संयोजक (Women Coordinator ) को रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छु ।

बैंकिङ र ब्यवावासायिक क्षेत्रमा लामो अनुभव लिनुका साथै विभिन्न सामाजिक सेवाको क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सेवारत रही बटुलेको अनुभवका आधारमा महिला सशक्तिकरणका लागि काम गर्ने मेरो अभिलाषा हो | जुनसुकै क्षेत्रमा महिलाहरूको सक्रिय सहभागिता नहुन्जेलसम्म समानताको कुरा नारामा मात्रै रहने पक्का छ | त्यसैले शिक्षा, स्वास्थ्य, व्यवसाय, जागिर वा नेतृत्वमा महिला अघि बढ्नु पर्छ र पुरुष संगसंगै सौहार्दपूर्ण किसिमले हातेमालो गरी समुदायको बिकासमा काम गर्न सक्नुपर्छ भन्ने मेरो मान्यता र दृष्टिकोण रहेको छ |

अतः यसै कुरालाई हृदयंगम गरी NRNA NCC को मंचबाट यी उदेश्य पूरा गर्ने तर्फ़ मेरो कदम रहने छ | यसको निम्ति सम्पूर्ण मतदाता दाजुभाइ दिदी बहिनीहरुसँग सहयोग र सदभाब सहित यहाँहरुको मतको अपेक्षा गरेकी छु |

समयअनुसारको परिवर्तनमा मेरो बिस्वास भएको कारणले म यो आस्वस्त पार्न चाहन्छु कि मेरो विजय नै यहाँहरूको विजय हो | म विजयी भएको अवस्थामा NRN NCC को उद्देश्य बमोजिमका काम निष्ठापूर्वक सम्पन्न गर्न र मैले वाचा गरेका प्रतिबद्धताहरूमा केन्द्रित भै काम गर्न इमान्दारी एवं निष्ठाका साथ अघि बढ्नेछु | यहाँहरुको सहयोग-सुझाव र साथ सधैं मेरा लागि मार्गदर्शक बन्नेछ |

मेरा केहि प्रतिबद्धताहरु :~

मेरो उमेदवारी यी र यस्तै काम गरी नेपालीहरूको बीचमा सौहार्द, सक्तिशाली र अर्थपूर्ण सम्बन्ध स्थापित गर्नको लागि समर्पित हुनेछ –
१. महिलाहरूको लागिमात्र नभई पुरुष
बर्ग माथिको हिंसामा आवाज उठाउने र महिला सशक्तीकरणका साथै सृजनात्मक र सकारात्मक सम्बन्धका लागि योजनाबद्ध काम गर्ने ।
२. वर्तमानमा बिच्छिन्न अनुभव भइरहेको एनआरएनएमा संपूर्ण च्याप्टरका महिलाहरु तथा स्थानीय संस्थाहरूसंग समन्वय गरी महिला वर्गलाई एनआरएनएमा सम्बद्ध हुँदा गौरव महसुस हुने वातावरण सृजना गर्न तत्काल कार्य आरम्भ गर्ने ।
३.Trening centre- and information desk day care/business प्रारम्भ गर्न सहयोगी ग्रुप सिर्जना गर्ने।
४.प्रत्येक स्टेटमा सपोर्ट ग्रुप तयार गरी अमेरिकामा सरकारबाट पाउने सुविधाहरूबारे जानकारी गराउने ।
५.नेपालबाट आउनु भएका नव आगन्तुक नेपालीहरु र विशेषतः विद्यार्थी र महिला वर्गलाई स्वास्थ्य विमा, सेल्टर आईडी कार्ड, मेडिकेडका लागि विशेष काम गर्ने ।
६.महिला मेण्टल हेल्थका लागि आवश्यक कार्य प्रारम्भ गर्ने ।
७.महिला तथा बालबालिका अधिकारको लागि आवश्यक कदम चाल्ने।
८.नेपालीहरूलाई दैनिक जीवनमा पर्न आउने समस्याहरूबारे बुझ्न र तिनका समाधानका लागि सम्पर्क सूत्र स्थापना गर्ने ।
९.ब्यापार ब्यावसाय महिलाहरूको पहुँच बढाउन टास्क फोर्स को बेवस्ता गर्ने।
११.हामी प्रवासी नेपालीहरूको हकहितका लागि चालेको दोहोरो नागरिकताको प्रावधानलाई सहयोग गर्दै आवाज उठाउने ।
१२.अन्य सामाजिक र सृजनात्मक कार्यहरू सहित भाषा, साहित्य तथा संस्कृतिको जगेर्ना गर्न पाहिला चाल्ने।
१३. “नेपाल नेपालीकोपहिचानको रक्षा गर्न र नेपाली भाषालाई दोस्रो पुस्तामा नेपाली अमेरिकी समुदायमा हस्तान्तरण गर्नका लागि अमेरिकामा रहनु भएका नेपाली साहित्यकार हरु को लेख रचनाहरू सॅकलन गरेर प्रकाशन गर्ने प्रयास पनि गर्नेछु।
अन्तमा
यहाँहरुकै चिरपरिचित म सुनिता खत्री यहाँहरूको शुभ भाव र समर्थनको लागि अनुरोध गर्दै तपाईंहरुको मतलाई अवमुल्यन हुन दिने छैन भन्ने वाचा गर्दछु।
धन्यबाद !
तपाईंहरुकै,
सुनिता खत्री
उम्मेदवार, महिला संयोजक एनआरएनए एनसीसी – अमेरिका ।

प्रतिक्रिया