मध्य अमेरिकामा प्रशान्त महासागरमा ६.५ म्याग्निच्युड(परिमाण)को शक्तिशाली भूकम्प गएको छ ।
एल साल्भाडोरको तटमा रहेको प्रशान्त महासागरमा मङ्गलबार आएको शक्तिशाली ६.५ परिमाणको भूकम्पले मध्य अमेरिकाको निकारागुआ देखि ग्वाटेमालासम्मका धेरैजसो भूभागलाई हल्लाएको छ र केही शहरका बासिन्दाहरू सडकमा निस्किएका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएस जियोलोजिकल सर्भे)ले भूकम्पको केन्द्रविन्दु इन्टीपुका, एल साल्भाडोरबाट २७ माइल (४३ किलोमिटर) दक्षिणमा ४३ माइल (७० किलोमिटर) गहिराइमा रहेको जनाएको छ। त्यो बिन्दु फोन्सेकाको खाडी बाहिर अवस्थित छ जहाँ होन्डुरस, एल साल्भाडोर र निकारागुआ सबै समुद्रीतट जोडिएका छन् ।
एल साल्भाडोरको राजधानीमा जमिन हल्लिएपछि बासिन्दाहरू सडकमा दौडेका छन् भने तर त्यहाँ कुनै क्षति वा चोटपटकको तत्काल कुनै विवरण प्राप्त न भै सकेको एबिसीन्यूजले जनाएको छ ।
त्यहाँको विधान सभामा उपस्थित सांसदहरू भवनबाट बाहिर निस्किएका थिए । सुनामीको खतरा नरहेको वातावरण मन्त्रालयले बताएको छ ।
निकारागुवाको राजधानी र प्यासिफिक तटमा भूकम्पको धक्का महसुस गरिएको थियो। निकारागुआका उपराष्ट्रपति र प्रथम महिला रोजारियो मुरिलोले तत्काल कुनै पनि पीडितहरूको विवरण नभएको जनाएका छन् ।
प्रतिक्रिया