स्रस्टा साँझ अमेरिकाले युगकविलाई सम्मान गर्यो

इनेप्लिज २०८० साउन २ गते १०:४९ मा प्रकाशित

शनिवार, जुलाई १५ । २०२३का दिन स्रस्टा साँझ अमेरिकाले युगकवि सिद्धिचरण श्रेष्ठको सम्मानमा एक कार्यक्रमको आयोजना गर्यो । नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति साहित्यकार गंगा उप्रेतीको प्रमुखआतिथ्य र साहित्यकार मोहन सिटौलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल, भारत, बर्मा, थाइलेण्ड, रसिया, जर्मन बेलायत, नाइजेरिया (अफ्रिका), क्यानडा, अमेरिका आदि देशहरूका साहित्यकारहरूको उपस्थिति रहेको थियो । सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानका उपाध्यक्ष प्रा डा मोहन लोहनी, साहित्यकार जयराज आचार्य, साहित्यकार हिक्मत थापाको आतिथ्यता रहेको थियो । अनेसासको पूर्व अध्यक्ष तथा एएनएका संस्थापक साहित्यकार बसन्त श्रेष्ठले युगकविको जीवनका फरक फरक आयाम र भोगाइहरूको चर्चा गर्नु भएको थियो । त्यस्तै गरी सिद्धिचरण श्रेष्ठकै कृतिमा बिधाबारिधी गर्नु हुने डाक्टर फणिन्द्रराज निरौलाले सिद्धिचरण श्रेष्ठका बिभिन्न कृतिहरूको बैशिष्ठता माथि चर्चा गर्नु भयो ।

स्रस्टा साँझ अमेरिकाका अध्यक्ष प्रभात दीक्षितद्वारा स्वागत मन्तव्य र जर्मन निवासी गीतकार ,संगीतकार एवम् गायक खड्ग न्यौपानेले कविको ‘मेरो प्यारो ओखलढुँगा” भन्ने गीतलाई गाएर स्वागत गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि श्री गंगाप्रसाद उप्रेतीले कार्यक्रमको समुद्घघाटन गर्दै सिद्धिचरण श्रेष्ठलाई युगकवि किन भनियो भन्ने बारेमा प्रकाश पार्नु भयो । कार्यक्रममा अनेसास क्यानडाका अध्यक्ष तारा उप्रेतीले सिद्धिचरण श्रेष्ठको कविता वाचन गरेर सुनाउनु भयो । रसियाबाट गैरआवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव तथा संस्कृति र सम्पदा समितिका अध्यक्ष गोविन्द प्रसाद गौतमले मन्तव्य राख्नु भएको थियो । त्यस्तै म्यान्मारबाट मोहनराज खनाल, थाइलेण्डबाट तिलक पोखरेल ,क्यानडाबाट डाक्टर गोविन्दसिं रावत, अमेरिकाबाट साहित्यकार शेषराज सिवाकोटी ,अमेरिकाबाट साहित्यकार निलम कार्की निहारिका, नेपालबाट प्रा डा शैलेन्दु नेपाल , प्रा डा खेमनाथ दाहाल, डा रमेश शुभेच्छु , लक्ष्मी उप्रेती, गुहाटी युनिभर्सिटीबाट डा दैवकी सेडाई तिमल्सिना, अमेरिकाबाट बैकुण्ठराज आचार्य, नेपालबाट साहित्यकार मित्रलाल पंज्ञानी, क्यानडाबाट कवि कुशुम ज्ञवाली नेपालबाट राधिका दाहाल अमेरिकाबाट स्रस्टा साँझ अमेरिकाका भगवती पौडेल र नेपालबाट पवन बुडाथोकी पनि सरिक हुनु भएको थियो ।

कार्यक्रममा युगकविका बिभिन्न बिधा र कृतिहरूमाथि चर्चा र परिचर्चाहरू भएको थिए । कार्यक्रमलाई साहित्यकार भगवती बस्नेत र सुरेन उप्रेतीले सहजिकरण गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता गर्नु हुने प्राध्यापक मोहन सिटौलाले उपस्थितहुनु हुने साहित्यकारहरूलाई आफ्नो गहन विचार र भावनाहरू राख्नु भएकोमा आभार तथा धन्यवाद व्यक्त गर्नु भयो । जूम मार्फत संचालित कार्यक्रमलाई ईनेप्लिज डटकमको फेसबुकबाट लाईभ प्रसारण गरिएको थियो ।

प्रतिक्रिया