भेट्न खोज्छु तिमीलाई,आफू भन्दा टाढा लाग्छ

सुनीता प्रसाई २०८० साउन २ गते १०:४० मा प्रकाशित

भेट्न खोज्छु तिमीलाई,
आफू भन्दा टाढा लाग्छ।
बुझ्न खोज्छु तिमीलाई ,
मौनता नै मीठो लाग्छ।
श्रावणको झरी, सधैं यसैगरी,
टाढिन्छौकी भन्ने पिर लाग्छ।
तिम्रो मौनतामा पनि,
पवित्र प्रेमको आभाष हुन्छ।
तिम्रा ति निश्चल नयनहरुमा,
कहिले सागर देख्छु त
कहिले मरुभुमी पाउछु।
मेरा सारा खुसीहरु,
तिमी भित्रै देख्छु।
थाहा छैन हामी दुबैको अडान,
कुन दिन अन्त्य हुन्छ??
जय शम्भु हर हर महादेव।
सुनीता

सुनीता प्रसाई

साहित्यकार /लेखिका

प्रतिक्रिया