न्यूयोर्कमा मिस नेपाल नर्थ अमेरिका २०२३ को तालिम सुरु

इनेप्लिज २०८० साउन १ गते २३:०९ मा प्रकाशित

आगामी जुलाई २२ शनिबारका दिन न्यूयोर्कमा आयोजना हुने मिस नेपाल नर्थ अमेरिका(उत्तर अमेरिका नेपाल सुन्दरी) २०२३ का अन्तिम १८ जना प्रतियोगीहरुको तालिम न्यूयोर्कमा प्रारम्भ भएको छ ।

क्यानाडा र अमेरिकाका विभिन्न राज्यहरुबाट प्रतियोगीहरु प्रतिस्प्रद्धामा भाग लिन सबै जना न्यूयोर्क गत जुलाई १६ कै दिन आई पुगेको मिस नेपाल नर्थ अमेरिकाका प्रमुख शैलेश श्रेष्ठले ईनेप्लिजलाई बताए ।

आजै देखि प्रारम्भ भएको उक्त प्रशिक्षणमा प्रतियोगीहरुको उत्साहजनक सहभागिता रहेको र सबै जना एक से एक प्रतिभाशाली प्रतियोगीहरु रहेको श्रेष्ठले बताए । यसै गरि मिस नेपाल नर्थ अमेरिका २०२३ को लागि पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ आधिकारिक मुख्य कोरियोग्राफर(पूर्ण प्रशिक्षण) रहेकोले उनले तालिम दिन सुरु गरेकी छिन । अन्तिम समापन दिन अगाडी सम्म तालिम चल्ने छ ।

मिस नेपाल नर्थ अमेरिका २०२३ मा १८ जना प्रतिस्प्रद्धीहरु रहेका छन् । उनीहरुको बन्द शिविर (तालिम )सोमबार ,जुलाई १७ का दिन बिहान देखि नै संचालन भएको छ । अन्तिम प्रतिश्प्रद्धाको लागि अमेरिका र क्यानडा गरि कूल १८ जना प्रतिस्प्रद्धीहरुले भाग लिनेछन् ।

मिस नेपाल नर्थ अमेरिका सुरु भए देखि नै हरेक बर्ष अगस्त महिनामा हुदै आएता पनि यस बर्ष जुलाई महिनामा हुने र जुलाई २२ का दिन समापन समारोह अर्थात् ग्रान्ड फिनाले हुनेछ ।

बिगत बर्ष झैँ यस बर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुम मै शनिबारका दिन हुनेछ । “अर्को पुस्तालाई सशक्तिकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरण” भन्ने मूल नारा दिइएको छ । यो प्रतियोगीताको आयोजना ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कले गर्नेछ ।

यस पटक कार्यक्रमको लागि अतिथिहरुमा प्रियंका कार्की ,मिरुना मगर ,आयुषमान देशराज जोशी,सुप्रिया श्रेष्ठ, रेश्मा घिमिरे लगायतको उपस्थिती रहनेछ।

यस पटकको बिजेता सिधै २०२४ मा नेपालमा आयोजना हुने नेपाल सुन्दरी प्रतियोगितामा प्रतिश्प्रद्धीको रुपमा भाग लिन पाउने छन ।

आज १८ जना प्रतियोगीहरु मध्ये ५ प्रतियोगीहरुको आधिकारिक संचार सहयात्री इनेप्लिजले गर्ने भएको छ ।

बिस्तृत जानकारी लिन यहाँ थिच्नु होला :https://www.missnepalnorthamerica.com/?fbclid=IwAR2Nm_GeCAMEICVNPKMHfpf32gSNHazVqXh7v7XasXW41W3rJbvd8qORo2M

प्रतिक्रिया