विराटनगर,३० असार । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले साहित्यकार र कलाकार मुलुकको गौरव भएको बताउनु भएको छ ।
आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्तीको उपलक्ष्यमा भानुकला केन्द्र विराटनगरद्वारा आज यहाँ आयोजित बहुभाषिक कविता वाचन,स्रष्टा सम्मान तथा समावेशी बहुजातीय सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै उहाँले कलाकार र स्रष्टालाई केन्द्रले प्रत्येक वर्ष सम्मान गर्ने गरेकोमा खुशी व्यक्त्त गर्नु भयो ।
प्रदेश प्रमुख खापुङ्गले संस्थाले बहुजाती, वहुभाषी वसोबास रहेको यस क्षेत्रमा समावेशी कार्यक्रमको आयोजना गर्नु मुलुक सुहाउँदो भएको विचार राख्नु भयो ।
कार्यक्रममा प्रदेश प्रमुख खापुङ्गले साहित्यकार हरिप्रसाद बराल र पत्रकार तारा आचार्यलाई सम्मान गर्नु भएको थियो ।
केन्द्रकी अध्यक्ष माया पौडेल आशावादी ,साहित्यकार दधिराज सुवेदीले आदिकवि भानुभक्त आचार्यको जीवनीमाथि प्रकाश पार्नुका साथै कवि तथा कलाकारहरुले विभिन्न भाषाका कविता वाचन र नृत्यहरु प्रस्तुत गर्नु भएको थियो ।
प्रतिक्रिया