साहित्य समाजको ऐना भएको – प्रदेश प्रमुख खापुङ्ग

इनेप्लिज २०८० असार २९ गते १६:३६ मा प्रकाशित

विराटनगर,२९ असार । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले साहित्य समाजको ऐना भएको बताउनु भएको छ।

प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरद्वारा आदिकवि भानुभक्त आचार्यको २१ औं जन्मजयन्तीको उपलक्ष्यमा आज यहाँ आयोजित पुरस्कार तथा सम्मान समर्पण समारोहमा उहाँले ऐनाले सधैँ सक्कल चरित्र र कुरा मात्रै देखाउने विचार राख्नु भयो ।

प्रदेश प्रमुख खापुङ्गले भाषा, साहित्यको माध्यमबाट राष्ट्रिय एकतामा योगदान गर्नुहुने राष्ट्रिय विभुति आदिकवि आचार्यप्रति श्रद्धा पनि प्रकट गर्नुभएको थियो ।

प्रदेश प्रमुख खापुङ्गले साहित्यकार नरेन्द्रराज पौडेल (सिन्धुपाल्चोक), कवि एवं नाट्य निर्देशक अशेष मल्ल (धनकुटा), साहित्यकार पद्मराज जोशी (कैलाली), पिण्डेश्वर संस्कृत मावि धरानका संस्थापक प्रा. पुरुषोत्तम भट्टराई, साहित्यकार एवं संस्कृतिकर्मी मान बज्राचार्य (चतरा सुनसरी), उपन्यासकार जानुका खतिवडा (झापा)लाई सम्मान तथा नगद पुरस्कार प्रदान गर्नु भयो ।

प्रतिक्रिया