युक्रेनको वायुसेनाले कम्तिमा २० वटा इरानी मानवरहित यान र रुसी क्षेप्यास्त्र खसालेको युक्रेनको दाबि गरेको छ ।
युक्रेनको वायु सुरक्षाले रुसले रातारात सुरु गरेको आक्रममा क्षेप्यास्त्र र २० इरानले निर्मित ड्रोन(मानव रहित यान ) सहित खसालेको युक्रेनी वायुसेनाले बिहीबार जनाएको छ।
एक विज्ञप्तिमा अनुसार वायुसेनाले रूसी सेनाले चलाएको आक्रमण ड्रोन(मानवरहित यान )हरू अधिकांश किभ क्षेत्रमा नष्ट भएको बताईएको छ । रुसले कालो सागर (ब्ल्याक सी)बाट दुई पोतबिहार क्षेप्यास्त्र (क्रुज मिसाइल) र क्रिमियाबाट एक प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालेस्टिक मिसाइल) पनि प्रहार गरेको जनाएको छ ।
दुश्मनलाई मार हान्ने प्रकारका क्षेप्यास्त्र ईकाई (एन्टी-एयरक्राफ्ट मिसाइल युनिट)हरू, लडाकु विमानहरू, वायुसेनाको घुम्ती आक्रमण (मोबाइल फायरिङ) समूहहरू र युक्रेनी रक्षा बलका अन्य घटकहरूको वायु रक्षा शत्रुको आक्रमणलाई रोक्नमा संलग्न थिए,” विज्ञप्तिमा भनिएको छ।
यसअघि बिहीबार, युक्रेनी अधिकारीहरूले राजधानीमा लगातार तेस्रो रातको हवाई हमलालाई हवाई सुरक्षाले रूसी मानवरहित यान (ड्रोन)लाई रोकेपछि कीभमा एक व्यक्तिको मृत्यु भएको र दुई जना घाइते भएको बताएका थिए ।
प्रतिक्रिया