घुम्न आउँ है यात्री………..

इनेप्लिज २०८० असार २८ गते ११:०७ मा प्रकाशित

घुम्न आउँ है यात्री म जन्मेको ठाउँमा
थाकेको मनलाई विश्राम दिन आउँ है मेरो देशमा

तीर्थयात्रा गर्न जाउला है पशुपतिनाथको मन्दिरमा
भन कसरी फैलिन्छ उज्यालो बिहानीको समयमा
वसन्त ऋतुको प्रकृति हेरेर भन, प्रकृतिको बारेमा
प्रकृतिले सारा सुगन्ध फैलाउँछ मनमा

प्रेमका भावनालाई जिब्रोमा गुनगुनाउँछ
विदेशी भूमिको सेवा गर्नेलाई स्वदेशमा फर्काउनु छ
गौतम बुद्ध ,माता सिता जन्मे यही देशमा
आउँ है साथी घुम्न योजना बनाऊ मनमा

उनको कुराले देशप्रतिको मायालाई सङ्केत गर्छ
वीरहरूको वीरता चिनौँ ,जसले देशलाई चिनाउँछ
मेरो देश शान्ति भूमिको रूपमा परिचित छ
आज मेरो देश छ र त मेरो पहिचान छ

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया