वाग्नर भाडाका निजी सैनिक समूहले बख्तरबन्द(ट्याङ्क) र अन्य हतियार हस्तान्तरण गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
रुसी रक्षा मन्त्रालयले बुधबार वाग्नर भाडा समूहले नियमित रुसी सशस्त्र सेनालाई आफ्ना सबै सैन्य उपकरण हस्तान्तरण गर्ने कार्य पूरा गरेको बताएको छ।
मन्त्रालयको विज्ञप्ति अनुसार वाग्नरले टि-९०, टि-८० लगायत मुख्य युद्ध ट्याङ्क( बख्तरवन्द) सहित २,०० भन्दा बढी हतियार र अन्य प्रणालीहरू त्यागेको जनाएको छ ।
असफल विद्रोह अघि महिनौंसम्म प्रिगोजिनले रक्षा मन्त्रालयलाई उपकरण र गोला बारुदको वाग्नरलाई नदिएको आरोप लगाएका थिए ।
असफल विद्रोह पछि वाग्नर लडाकुहरूलाई रूसी रक्षा मन्त्रालयसँग सम्झौतामा हस्ताक्षर गर्न, बेलारुसमा निर्वासनमा प्रिगोजिनमा सामेल हुन वा घर फर्कने विकल्प दिइएको थियो।
यसअघि बुधबार बेलारुसको आन्तरिक मामिला मन्त्रालयले देशको विशेष बलले वाग्नर लडाकुहरूसँग लडाई तालिम लिने जनाएको थियो भनि सिएनएनले समाचार लेखेको छ ।
प्रतिक्रिया