आगामी जुलाई २२ शनिबारका दिन न्यूयोर्क शहरमा आयोजना हुने मिस नेपाल नर्थ अमेरिका(उत्तर अमेरिका नेपाल सुन्दरी) २०२३ का लागि रमेश प्रसाई ,प्रियंका कार्की ,मिरुना मगर लगायतको सहभागिताले कार्यक्रम ऐतिहासिक हुने अपेक्षा गरिएको छ ।
नेपाली समुदाय लगायतमा बिश्वमै चर्चित प्रखर वक्ता रमेश प्रसाई प्रशिक्षार्थीहरुलाई उत्प्रेरणादायी सार्वजनिक भाषण र वक्तृत्व कलामा उनले सहयोग पुर्याउने भएका छन् ।
मिस नेपाल नर्थ अमेरिका २०२३ मा १८ जना प्रतिस्प्रद्धीहरु रहेका छन् भने उनीहरुको बन्द शिविर (तालिम )लगभग जुलाई १७ देखि सुरु हुनेछ । अन्तिम प्रतिश्प्रद्धाको लागि अमेरिका र क्यानडा गरि कूल १८ जना प्रतिस्प्रद्धीहरुले भाग लिनेछन् ।
मिस नेपाल नर्थ अमेरिका सुरु भए देखि नै हरेक बर्ष अगस्त महिनामा हुदै आएता पनि यस बर्ष जुलाई महिनामा हुने र जुलाई २२ का दिन समापन समारोह अर्थात् ग्रान्ड फिनाले हुनेछ ।
बिगत बर्ष झैँ यस बर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुम मै शनिबारका दिन हुनेछ । “अर्को पुस्तालाई सशक्तिकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरण” भन्ने मूल नारा दिइएको छ । यो प्रतियोगीताको आयोजना ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कले गर्नेछ ।
यस पटक कार्यक्रमको लागि अतिथिहरुमा रमेश प्रसाई ,प्रियंका कार्की ,मिरुना मगर ,आयुषमान देशराज जोशी,सुप्रिया श्रेष्ठ, रेश्मा घिमिरे लगायतको उपस्थिती रहने छ।
यस पटकको बिजेता सिधै २०२४ मा नेपालमा आयोजना हुने नेपाल सुन्दरी प्रतियोगितामा प्रतिश्प्रद्धीको रुपमा भाग लिन पाउने छन ।
यसै गरि मिस नेपाल नर्थ अमेरिका २०२३ को लागि पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ आधिकारिक मुख्य कोरियोग्राफर(पूर्ण प्रशिक्षण) हुने भएकी छिन । यस पटकमा भेषभुषाको डिजाईनर (रुपकार )कृति मैनालीले गर्ने छिन ।
आयोजकका प्रमुख सैलेश श्रेष्ठका अनुसार कार्यक्रमको लागि नेपालबाट अतिथिहरु आउन सुरुवात भै सकेको बताए ।
प्रतिक्रिया