अमेरिकाको लुजियानाको श्रेभपोर्टमा जुलाई चारको उत्सवमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
लुजियानाको श्रेभपोर्टमा जुलाई चारको वार्षिक उत्सव मंगलबार राति दुखद बनेको उल्लेख गर्दै सामूहिक गोलाबारीले तीन जनाको ज्यान लिएको र अन्य छ जना घाइते भएको प्रहरीले बताए ।
कति जना बन्दुकधारीहरू संलग्न थिए र तिनीहरूको मनसाय वा घटनाहरू कसरी खुलासा भयो भन्ने बारे अहिले सम्म जानाकारी नभएको सिबिएस न्यूजले जनाएको छ । श्रेभपोर्ट प्रहरी प्रमुख भान रे का अनुसार प्रहरी अधिकारीहरू आइपुग्दा दुई जनाको शव फेला परेको र तेस्रो व्यक्तिको अस्पतालमा मृत्यु भएको बताए।
घाइते र अस्पतालमा ल्याइएका ६ जनाको अवस्थाबारे आफूलाई थाहा नभएको उनले भने ।
भ्यान रे ले बताए अनुसार अधिकारीहरूलाई पीडितहरूसम्म पुग्न कठिन भएको र त्यहाँ धेरै सवारी साधनहरू घटनास्थलमा चाडपर्वमा उपस्थित भएका मानिसहरू थिए।
मानिसहरू आफ्नो प्राण रक्षाको लागि दौडिरहेका थिए । बच्चाहरू आफ्नो जीवनको लागि भाग दौड मच्याई रहेका थिए । हामीले परिवारहरू सडकमा रोएको र चिच्याएको सुन्यौं ,उनले भने ।
प्रतिक्रिया