गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको मुखाकृति प्रमाणीकरण अर्थात् ‘फेस भेरिफिकेशन’ विनाको निर्वाचनमा आफुहरु सहभागि नहुने अध्यक्षका प्रत्यासी डा. अर्जुन बञ्जाडे समुहले जनाएको छ।
डा. बञ्जाडे र उनी समर्थक अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का पदाधिकारी तथा एनसीसीका पदाधिकारीले मंगलवार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन्।
‘एनआरएनए, आईसिसिको निर्देशन अनुसार निर्वाचन गर्नु हुन हामी यस क्षेत्रका आईसिसिमा प्रतिनिधित्व गर्ने पदाधिकारी तथा एनसिसि, अमेरिकाका उम्मेदवारहरु फेस भेरिफिकेशन नगरिएको निर्वाचना हाम्रो सहभागि नहुने जानकारी सहित यो बिज्ञप्ति जारी गरेका छौ।’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘निश्पक्ष निर्वाचनको आधार फेस रिडिड्ग (मुखाकृति पठन )मात्र भएको जानकारी समेत गराउदछौ ।’
एनआरएनए अमेरिकाले अहिले सम्म कुन प्रविधिबाट निर्वाचन गराउने भन्ने निर्णय गरेको छैन।
प्रतिक्रिया