युक्रेनले रुस बिरुद्ध लगभग ८४,००० भन्दा बढी युद्ध आपराधिक मुद्दाहरू सुरु गरेको छ : जेलेन्स्की

इनेप्लिज २०८० असार १९ गते १४:१७ मा प्रकाशित

युक्रेनले रुसको आक्रमणको बेला युद्ध अपराधमा ८४,००० भन्दा बढी आपराधिक मुद्दाहरू सुरु गरेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

जेलेन्स्कीका अनुसार रुसले युक्रेनमा आक्रमण गर्दा भएका युद्ध अपराधहरूको युक्रेनी राष्ट्रिय प्रहरी अनुसन्धानले ८४ हजार भन्दा बढी आपराधिक मुद्दाहरू र थप १,८३८ शंकास्पद सूचनाहरू सुरु गरेको छ।

निकायले “युद्ध अपराधी” नामक विशेष तथ्याँक पनि सिर्जना गरेको छ। जसमा २००,००० भन्दा बढी रूसी सेवा सदस्यहरू र भाडाका अभिलेखहरू समावेश गरिएको जेलेन्स्कीले भने।

राष्ट्रिय प्रहरी दिवसमा मन्तब्य राख्ने क्रममा जेलेन्स्कीले कानुन प्रवर्तन(ल इन्फोर्समेन्ट)लाई लागि धन्यवाद दिँदै यसले रूसलाई युक्रेन विरुद्धको आक्रमण र आतंकको लागि पूर्ण जवाफदेहितामा ल्याउने बताए ।

प्रतिक्रिया