भारतको महाराष्ट्रमा गुडिरहेको बसमा आगलागी, २५ जनाको मृत्यु

इनेप्लिज २०८० असार १६ गते ८:५६ मा प्रकाशित

एजेन्सी, भारतको महाराष्ट्रमा गुडिरहेको एक बसमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । ३३ यात्रु सवार सो बस नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुनेतर्फ गइरहेको थियो ।

गुडिरहेकै बेला टायर पड्किएपछि बस चालकको नियन्त्रण बाहिर गएर एक खम्बामा ठोकिएको थियो । ठोकिने क्रममा डिजेल ट्याङ्की फुटेर आगो लागेको थियो ।

केही यात्रुले बसको सिसा फुटाएर ज्यान बचाए पनि अन्यको मृत्यु भएको हो । मृतकको पहिचान भइनसकेको भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन् ।

दुर्घटना हुनु भन्दा आधा घण्टाअघि खाजाका लागि बस रोकिएको थियो । यसैबीच, महाराष्ट्रका मुख्यमन्त्री एकनाथ अभियानले दुर्घटनामा ज्यान गुमाउनेका परिवारजनलाई पाँच/पाँच लाख रुपैयाँ राहतस्वरूप दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया