फ्लोरिडाको पनामा सिटी (शहर)समुन्द्रतटमा बेवास्था गर्दा ९ दिनमा डुवेर ७ जनाको मृत्यु

इनेप्लिज २०८० असार १३ गते १८:३७ मा प्रकाशित

फ्लोरिडाको पनामा सिटी(शहर)को समुन्द्रतटमा बेवास्था गर्दा डुवेर ७ जनाको मृत्यु भएको छ ।

फ्लोरिडाको खाडी तटमा रहेको पनामा सिटी बीच( पनामा शहर समुन्द्रतट )मा यस महिना नौ दिनमा ७ जनाको मृत्यु भएको राष्ट्रिय मौसम सेवाले जनाएको छ।

उक्त समुन्द्रतट खतरा, जोखिम, छाल माथी सम्म उठने र चेतावनी दिएता पनि मानिसहरु समुन्द्रमा जादा मृत्यु भएको हो ।

जुन १५ देखि जुन २४ को बीचमा पनामा सिटी (शहर)नामक समुन्द्रतट ( बीच) मा घातक घटनाहरू घटेको सिविएसन्यूजले जनाएको छ ।

प्रतिक्रिया