उत्तरपश्चिम सिरियाको व्यस्त तरकारी बजारमा आइतबार बिहान भएको हवाई आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको कार्यकर्ता र स्थानीय पहिलो प्रतिक्रियाकर्ताहरूले बताएका छन्।
कार्यकर्ता र बेलायतमा आधारित विपक्षी युद्ध अनुगमन गर्ने सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स(सिरियाली मानव अधिकार अवलोकन संस्था )ले सिरियाली राष्ट्रपति बसर असदको शीर्ष सहयोगी रुसले टर्कीको सीमा नजिक रहेको रणनीतिक विपक्षी नियन्त्रित शहर जिसर अल-शुगरमा आक्रमण गरेको बताएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध मस्कोको शीर्ष भाडा समूहले संक्षिप्त विद्रोह गरेको एक दिनपछि यो आक्रमण आएको हो।
विपक्षी-नियन्त्रित उत्तरपश्चिमी सिरियाको नागरिक रक्षा संगठन जसलाई ह्वाइट हेल्मेट भनिन्छ । उनीहरका अनुसार ३० भन्दा बढी व्यक्ति घाइते भएका छन् र मृत्युको संख्या बढ्ने अनुमान गरिएको छ।
ह्वाइट हेल्मेटका अहमद याजीजीले एसोसिएटेड प्रेसलाई जानकारी दिदै गम्भीर घाइतेहरूको अस्पताल पुग्दा मृत्यु भएको बताए । यो मुख्य तरकारी बजारमा लक्षित आक्रमण थियो जहाँ उत्तरी सिरिया वरपरका किसानहरू भेला हुन्छन ,उनले भने ।
किसानहरूले घाईतेहरूलाई रगत बगेको तरकारी मालबाहक गाडी (ट्रक)मा अस्पताल पुर्याएका थिए । कार्यकर्ताहरूले रक्तदानको लागि तत्काल आह्वान गरे। डमास्कसले उत्तरपश्चिमी प्रान्तमा सशस्त्र विद्रोही समूहलाई लक्षित गरी आक्रमण गरेको बताए पनि सिरिया र रुसले हवाई हमलाबारे टिप्पणी गरेका छैनन्।
उत्तरपश्चिमी सिरिया धेरै जसो लडाकू समूह हयात तहरीर अल शाम र टर्की समर्थित सेनाको नियन्त्रणमा छ।
प्रतिक्रिया