लस एन्जलसको लागि उड्ने तयारीमा रहेको क्याथे प्यासिफिक बिमान हङकङमा दुर्घटना हुँदा ११ जना यात्रु घाइते

इनेप्लिज २०८० असार ९ गते १२:४० मा प्रकाशित

लस एन्जलसको लागि उड्ने तयारीमा रहेको क्याथे प्यासिफिक बिमान हङकङमा दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन्

प्राविधिक समस्याका कारण हङकङमा उडेको क्याथे प्यासिफिक बिमानसेवाको निकासीका क्रममा ११ जना यात्रु घाइते भएको बिमानसेवाले जनाएको छ ।

लस एन्जलसको लागि उड्ने तयारीमा रहेको शनिबार बिहानै हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो उडान रद्द गरे पछि विमान खाली गर्ने क्रममा ११ यात्रु घाइते भएको बिमानले बताएको छ ।

लस एन्जलसको लागि उडान सिएक्स “प्राविधिक समस्या” पछि चालक दलले उडान रद्द गरि द्वारमा फर्किएको थियो । “सावधानीका रूपमा यात्रु निकाल्ने” सुरु गरिएको एक विज्ञप्तिमा जनाईएको छ । विमानमा सवारहरूले विमानबाट बाहिर निस्कन पाँचवटा आकस्मिक चिप्लेटी एस्केप स्लाइड )प्रयोग गरेका थिए।

क्याथे प्यासिफिकले समस्याको बारेमा कुनै विवरण दिएको छैन । सार्वजनिक प्रसारक आरटीएचकेले प्रहरीलाई उद्धृत गर्दै विमानको एउटा पाङ्ग्रा अत्यधिक तातेको र त्यसले फुटेको बिवरण दिएको छ ।

विमानमा २९३ यात्रु र १७ चालक दलका सदस्य सवार थिए ।

क्याथे प्यासिफिकले ११ यात्रुहरूलाई निकासी प्रक्रियाको क्रममा घाइते भएकाहरूको अस्पतालमा उपचार भइरहेको र सबै प्रभावित यात्रु र चालक दलको हेरचाह गर्नु हो हाम्रो प्राथमिकता हो भनि बिज्ञप्ति जारी गरेको छ ।

बिहान १०:३० बजेसम्म, नौ जना घाइते यात्रुहरू अस्पतालबाट मुक्त (डिस्चार्ज )भइसकेका छन् । फरक विमान प्रयोग गरेर २८३ जना लिएर उडान १०:१२ मा लस एन्जलसको लागि प्रस्थान गरेको बिमानसेवाले जनाएको एबिसीन्यूजले उल्लेख गरेको छ ।

प्रतिक्रिया