ए.एन.ए. निर्वाचन समिति समक्ष वरिष्ठ समाजसेवी खगेन्द्र अधिकारीद्वारा अध्यक्ष पदमा मनोनयन पत्र दाख़िला

इनेप्लिज २०८० असार ८ गते १०:४३ मा प्रकाशित

खगेन्द्र अधिकारी द्वारा ए.एन.ए. निर्वाचन समिति समक्ष अध्यक्ष पदमा आफ्नो उमेद्वारी मनोनयन पत्र दर्ता कार्य सम्पन्न गर्दै निजले संयुक्त राज्य अमेरिकाको कोलोराडोको डेनवरमा सम्पन्न हुने ए.एन.ए. ४० औं राष्ट्रिय सम्मेलनमा उपस्थित हुनको लागि सम्बंधित सबैमा बिशेष आग्रह गर्नु भएको छ।

यस सम्बंधमा निजले सार्वजनिक छापा विज्ञप्ति मार्फ़त आफ्नो महत्वपूर्ण धारणा व्यक्त व्यक्त गर्दै सबैसंग सहयोग र एकताको लागि हार्दिकता सहित सम्बंधित सबैमा बिशेष अनुरोध गर्नु भएको छ।

निज अधिकारीबाट हामी अर्थात् enepalese लाई प्राप्त प्रेस विज्ञप्तिको दस्तावेज जस्ताको तस्तै संप्रेषित गरेका छौं।

वासिंटन,डि .सी.
आदरणीय मान्यवरहरु,
हार्दिक नमस्कार।

मेरो सार्वजनिक बुझाईमा ए.एन.ए. लाई साझा, उर्जावान र गतिशील बनाउँन उत्तर अमेरिका निवासी प्रवासी नेपालीहरु साथ-साथै सम्बंधित हामी सबैले नै एक भएर ईमानदार अनि साझा बिचार सहित नितान्त उत्तरदायी बनि निश्चित र कर्तव्यपालनाका साथ स्वत: स्फुर्त बनेर आवश्यक सहकार्य गर्ने सिद्धांतमा उन्मुख हुन सक्ने हुनु पर्छ भन्ने बिस्वास गर्दछु।

संस्थागत हैसियत बाट वैतनिक अथवा अवैतनिक रुपमा ए.एन.ए. मा आबद्ध रहदा आवश्यक अनि जरुरी पर्ने हाम्रा साझा ज़िम्मेदारी र अवधारणाहरुको छोटकरी सन्दर्भहरुलाई निम्नानुसार उल्लेख गर्न आवश्यक सम्झेको सार्वजनिक अनुभूतिलाई ज़िम्मेदारी सहित उद्धृत गरेर यसलाई स्पष्ट पार्ने हिम्मत गर्दै केही अवधारणाहरू लाई व्यक्त गर्दछु।

हजुरहरु जस्ता आदरणीय अनि सामाजीकरणका आयाममा योग्य साथै उदाहरणनिय, बौद्धिक र अग्रज मानिसहरुको अथक प्रयास एवं योगदान बाट आज भन्दा ४० बर्ष अगाड़ी संयुक्त राज्य अमेरिकाको राजधानी वासिंटन, डि.सी. मा स्थापित उत्तर अमेरिकी नेपालीहरुको सबै भन्दा ठूलो र पुरानो साझा सामाजिक स्वयंसेबी राष्ट्रिय संस्था ए.एन.ए. को केही लामो समय देखि वर्तमान सम्मको कमजोर र उथल-पुथल स्थितिको सच्चा अवस्थालाई जुरूक्क माथि उठाउंन सक्ने सार्वजनिक, सामाजिक र सहयोगी रोल-मोडलको सन्देश प्रवाह गर्न र यसलाई उचाई दिन हामी सबै अर्थात् हजुरहरु जस्ता दिग्गज र अग्रज व्यक्तित्वहरु एकै शुत्रमा जोड़िएर सहकार्य गर्दै अगाड़ी बढ्नु ज़रूरी छ भन्नेमा दुईमत हुँदैन भन्ने एकिन गर्दछु।

ए.एन.ए. लाई पुनः माथि पुर्याई यसका उपलब्धिमुलक र उद्देश्यपरक कार्यक्रमहरुमा यथोचित जागरण सहित नितान्त पारदर्शी साथ-साथमा बिस्वासनिय परिवर्तन ल्याउन निर्धारित व्यवस्थापनको पुनर्जागरण नै आवश्यक भएकाले हजुरहरुको अभिभावकीय रेखदेख, गतिशील र उर्जावान परिश्रम र अथक अभियानको लागि हार्दिकता सहित हजुरहरुले हामीहरुलाई यानेकी नेतृत्वलाई प्रेरणा दिन जरूरी हुनेछ भन्ने बिस्वास गर्दछु।

ए.एन.ए. ले उत्तर अमेरिकी सवै क्षेत्रीय र स्थानिय निकायका विद्यमान अवस्थामा स्थापना भएका अन्य नेपाली डायसपोराका सामाजिक संघ संस्थाहरुलाई आफ्नै सोचेर उनिहरु संगको सहकार्यमा भाईचारा क़ायम गर्दै खुलेर उनिहरुको पथलाई पनि पछ्याउंन सफल बन्न सके मात्र उत्तर अमेरिकामा ए.एन.ए. छिट्टै नेपाली पहिचानको नमूना संस्था फेरी र भविष्यमा पनि सहजता सहित सक्षम वन्ने निश्चित हुनेछ भन्नेमा बिस्वास गर्न र सकारात्मक सोच र दृष्टिकोणमा लाभदायक सिद्ध र तथ्यको नजिक पुगिन्छ भन्ने लागेको छ ।

अतः यसलाई ख़्याल गरेर हामी सबैले नछुटी एकत्रित हुन जरुरी भएकोले आफ्नो स्पष्ट बिचार सहित मेरो साझा बिस्वासलाई व्यक्त गरेको व्यहोरा अनुरोध गर्दछु।बिगतका बिभिन्न काल-खण्डका कमी-कमजोरीहरुलाई सिंहावलोकन र पुनरावर्तन सहित पुनरावृत्ति गरेर वर्तमानमा भूतका बिभिन्न अड्डा अदालती- कचहरी र घटिया सोचका घृणित अनुशासनहीनतालाई तोडेर नयाँ सिरा बाट अशल दृष्टिकोण राख्दै उपलब्धिमुलक कार्यक्रम सहित यथोचित दृष्टिगोचर बाट उन्नत अवधारणाहरु सिक्दै, मेहनत गर्दै साझा फूलवारी संस्था ए.एन.ए.को उत्तरोत्तर प्रगति र संवृद्धिको पथमा उत्कृष्ट योगदान गर्न जरुरी भएकाले यस प्रकारका सोचमा आधारित भएर सचेत रहदै यथार्थवादी बन्न सक्षम हुनु आवश्यक हुनेछ भन्नेमा हामी सबैले महसूस गर्न सके सकारात्मक हुनेछ भन्ने हाम्रो सार्वजनिक र साझा बिस्वास हो।

अतः यस प्रकारका सोचमा आधारित भएर सामाजिक सेवा प्रदान गर्न विनम्रतापूर्वक अनुरोध गर्दछु। हामी प्रवासी नेपालीहरुले नेपाली भाषा, संस्कृति, नेपालको सान-मान एवं नेपाली साख र पहिचानलाई विश्व सामु स्थापित गर्न आवश्यक हुनेछ भन्नेमा हामी बिस्वास गर्दछौं। यसलाई ईमानदारी सहित ख़्याल गरेर हामीले नेपाल र नेपालीलाई संसार भरी परिचित गराउन नेपालको तर्फ बाट अवैतनिक राजदूतका रुपमा रहि सबै विदेशी मुलुकहरु खासगरी ए.एन.ए. ले उत्तर अमेरिकी मुलुकहरु संग सम्बंधित र आबद्ध हुदै निकटतम सम्बंध राखेर सार्वजनिक र सामुदायिक र स्वास्थ सामाजिक स्वयंसेवी सेवा प्रदान गर्न मनासिफ हुनेछ भन्ने हाम्रो साझा अवधारणा हो।

उपरोक्त महत्वपूर्ण भूमिका निभाई हामीहरु ज़िम्मेदार ठहरिने गरी मातृभूमि र कर्मभूमि प्रति आभारी बन्दै ए.एन.ए.को माध्यम बाट सेवानुमुखि हुन सक्ने बन्नु पर्छ भन्नेमा समेत बिस्वास गर्दछु।पारिवारिकताको सिद्धांत बमोजिम उत्तर अमेरिकी साथ-साथै अन्य मुलुकहरुमा रहने प्रवासी नेपालीहरु ए.एन.ए. मार्फ़त एकै शुत्रमा जोड़िएर कोही पनि नछुटी बिबिध अर्थात् अल्पकालिन र दीर्घकालिन सुख्ख र दु:ख्ख यानेकी मीठा र नमीठा अनुभूतिमा आईपरेका अनेकौं-अनेक कार्यक्रमहरुमा आधारित र आबद्ध हुदै वार्षिक अर्धवार्षिक र आवश्यकता अनुसार अन्य समयहरुमा पनि राष्ट्रीय, क्षेत्रीय र स्थानीय सभा, सम्मेलन अनि भेंटवार्ता, सेवा र बिचार मिमर्सहरु गरेर यसलाई सफलतापूर्वक सम्पन्न गर्न कर्मभूमिका प्रतिनिधिहरुलाई पनि आमन्त्रित गर्दै हाम्रो साझा नेपाली पहिचानलाई सर्वश्रेष्ठ र उपलब्धिमुलक बनाउन निरंतर प्रयास गर्दै अगाड़ी बढ़ी रहेको तथ्य सहि हो र सो बमोजिम रहनु हाम्रो साझा सोच पनि हो।यसरी सदाबहार बन्दै हामी सधैं मातृभूमि र कर्मभूमि बिचको पुल बनेर उर्जावान बन्न रुची राख्दछौं,यो नै हाम्रो निस्चित र सहि अर्थमा संस्थागत अवधारणा भएकाले यसलाई ख़्याल गरेर हामीहरु हाम्रो साझा संस्था ए.एन.ए. लाई संस्थागत र जीवन्त राख्न सधैं प्रयत्नशील र प्रतिबद्ध प्रतिनिधि भएर सहकार्यमा रमाउने गर्दछौं।
यसलाई मेहनत गरेर सफल पार्न सबैले आ-आफ्नो तर्फ बाट अथक परिश्रम, प्रयास र योगदान अनि सत्कर्म गर्न हामी सबै एउटै सोचमा सकारात्मक दृष्टिकोण राख्दछौं र यसलाई हामी हाम्रो साझा कर्तव्य पनि ठान्दछौं भन्ने बिस्वास लागेको छ।

उपरोक्त महत्वपूर्ण बिषयहरु, कार्यक्रमहरु र बिचार-सन्दर्भहरू सम्बन्धमा महत्वपूर्ण भूमिका निभाई संस्थागत र गतिशील रुपमा सफल हुन जहिले पनि अर्थ अर्थात् समुन्नत रुपमा रकमको जोहो गर्न आवश्यक हुनेछ भन्नेमा पनि हामीहरु बिस्वास गर्दछौं। यसैले थोपा-थोपा संकलन भएर समुनद्र बनेझैं वास्तविक रुपमा पारदर्शिता सहित एक-एक पैसा संकलन गरेर हजारौं र लाखों रक़म संकलन गरि सार्वजनिक, समाजसेवी र स्वयंसेबी बिभिन्न कार्यक्रम अनुसार बजेट व्यवस्थापन गर्न हाम्रो नै साझा नैतिक ज़िम्मेदारी हो भनेर सकारात्मक दृष्टिकोण बाट दाताको हैसियतमा रक़म जोहो गर्न उत्सुकता देखाएर स्वयंसेवकको रुपमा सहभागी हुने हाम्रो प्रचलित संस्थागत र स्वयंसेवी मान्यता हो भनेर सबैले सकारात्मक हुँदा दुईमत नहोला भन्ने महसूस गरेको व्यहोरा समेत व्यक्त गर्दछु।

ए.एन.ए. मा आबद्ध भएर यस संस्थामा समर्पित हामिहरु यस प्रकारको सोचमा बिस्वास पनि गर्नै पर्ने भएकाले यसलाई मध्यनजर गरेर सदा झैं भविष्यमा पनि अर्थात् आउँने दिनहरुमा पनि भैपरि आउँने र निर्धारित कार्यक्रमहरू निर्धक्क भएर सफलतापूर्वक सम्पन्न गर्ने सन्दर्भित योजनाको पृष्ठभूमिमा आय-ब्यय अर्थात् बजेट व्यवस्थापनका लागि उपलब्धिमुलक, स्वयंसेवी र योगदानकर्ता सहितको अर्थ व्यवस्थापक बन्न हजुरहरु सम्पूर्णमा विनम्रतापूर्वक हार्दिक अनुरोध गर्दछु।

संस्थागत रुपमा उच्चतम सफलता हासिल गर्नको लागि हजुरहरु सम्पूर्णलाई यस मानेमा आफ्नो तर्फ बाट हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गर्दछु। हजुरहरु सम्पूर्णको बिशेष अनि विनम्रतापूर्वकको अनुरोध र बिस्वासमा आधारित भएर Association of Nepalis in the Americas (ANA) को नियमित निर्वाचनमा २०२३– २०२६ कार्यकाल अर्थात् ३ बर्षे पूर्ण अवधिका लागि महत्वपूर्ण भूमिका सहित पुनः ए.एन.ए. अध्यक्ष पदमा उमेद्वारी दिएर औपचारिक मनोनयन पत्र दाख़िला गरेको छु।

मेरो औपचारिक उम्मेदवारी मनोनय र प्रतिबद्ध प्रतिनिधित्वको घोषणामा साथ, सहयोग, हौसला र शुभकामना प्रदान गर्नु हुने ए.एन.ए. का अग्रज व्यक्तित्वहरू, मेरो लामो सार्वजनिक सामाजिक सेवाको सहयात्रामा संगसंगै लागि पर्नु भएका र भविष्यमा सहयोग गर्न तम-तयार हुनु भएका मेरा आदरणीय मित्रहरू, मेरो सामाजिक अभियान र कार्यक्रमलाई सहयोग गर्ने बिभिन्न राष्ट्रीय, क्षेत्रीय र स्थानीय अमेरिकी नेपाली समुदायका सङ्घ संस्थाका सम्मानित व्यक्तित्वहरू, हाम्रो साझा संस्था ए.एन.ए.का भावी कार्यक्रमहरुलाई सफल बनाउन अहोरात्र खट्नको लागि ईच्छुक साथीभाइ र मित्रहरू प्रति निश्चित रुपमा बिस्वास र भरोसा गर्दै मैले सार्वजनिक रुपमै आत्मसात् गरेरउपरोक्त उम्मेदवारीको मनोनयन घोषणालाई विधिवत गर्दै यसको सफलताको लागि निस्चित र आवश्यक प्रक्रियाको लागि उपलब्धिमुलक सहयोगको अपेक्षालाई आत्मसात् गर्दै अगाड़ी बड़ी रहेको छु भनेर सकारात्मक दृष्टिकोण बाट हजुरको सहयोगी मन प्रति भरोसा गरेको छु।

मेरो बुझाई र उमेद्वारी मनोनयन र प्रतिबद्ध घोषणामा आफ्नो धारणा, मन्तव्य र प्रतिबद्ध अनि प्रतिनिधिमुलक प्रतिक्रिया जाहेर गरी मलाइ यस पटकको उमेद्वारीमा मनोनयनको विधिवत सिलसिलामा अगाड़ी बढ्नको लागि कटिबद्ध भएर हौसला प्रदान गर्न, सल्लाह, सुझाव र प्रेरणा प्रदान गरिदिनु हुनका लागि सम्बंधित सबैमा आग्रह गर्दछु। हजुरहरुमा आफ्नो तर्फ बाट कृतज्ञता जाहेर गर्दै यहाँहरूको विश्वास, साथ सहयोग र मायाँले मलाई थप जिम्मेवार भएर जन्म भूमि नेपाल र कर्म भूमि प्रवास खासगरी उत्तर अमेरिकी नेपाली समुदायमा आबद्ध हुनु भएका हजुरहरुको साझा बिचारहरु, जिज्ञासाहरु र नेपाली पहिचानलाई बिश्व सामु स्थापित गर्न मेरो होईन हाम्रो साझा सवाल बनाएर ए.एन.ए. का माध्यमबाट पनि सकारात्मक र सक्रिय सम्बोधन गर्नु पर्छ भन्ने लागेको छ।

सधैं नै यहाँहरूको न्यानो माया, अथक साथ-सहयोगको सधैं नै अपेक्षा गर्दै अन्तमा हाम्रो नेपाली पहिचानलाई सदाबहार रुपमा मर्यादित राख्न उत्तर अमेरिकामा बसोबास गर्ने अमेरिकी नेपाली समुदायका सबैले एक आपसमा आवश्यक र सकेको सहसोग सहित मेहनत गरेर उपलब्धिमुलक कार्यक्रमहरु मार्फत Colorado, Denver ए.एन.ए. ४० औं राष्ट्रिय सम्मेलनलाई भव्य तथा सभ्य रुपमा सफल पार्नको लागि हार्दिक अनुरोध गर्दछु। हामी सबैको बिस्वास हो यसै जुन महिनाको ३० तारीख़ देखि जुलाई १ र २ तारीख़मा पारिवारिक वातावरण सहित Denver, Colorado मा अबस्य नै हाम्रो भेंटवार्ता हुनेनै छ भन्नेमा पूर्ण बिस्वास गर्दै ढुक्क समेत भएको व्यहोरा अनुरोध गर्दछु। संयुक्त राज्य अमेरिकाको कोलोराडोको डेनवर सहरमा सम्पन्न हुने आसन्न ४० औं ए.एन.ए. राष्ट्रिय सम्मेलनमा हजुरहरु सबैलाई स्वागत, शुभयात्रा अनि शुभकामना व्यक्त गर्दै सम्मेलन स्थलमा सुखदायक भेंटवार्ता गर्ने वाचा गर्दछु, धन्यवाद।

विनीत,
खगेन्द्र अधिकारी
निवर्तमान अध्यक्ष
एवं वर्तमान संरक्षक, ए.एन.ए.
साथै
ए.एन.ए. २०२३-२०२६ कार्यकालका लागि अध्यक्ष पदको उमेद्वार
ग्रेटर वासिंटन,डि.सी.

प्रतिक्रिया