तामाङ्ग समाजको बार्षिक बनभोजमा सबैलाई आमन्त्रण

इनेप्लिज २०८० असार ७ गते २३:४३ मा प्रकाशित

तामाङ्ग समाजको बार्षिक बनभोजमा सबैलाई आमन्त्रण गरिएको छ । अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित सक्रिय तामाङ्ग सोसाइटी अफ ग्रेटर वासिंगटनले बिगत बर्ष झैँ बार्षिक ग्रीष्मकालिन बनभोजको आयोजना गर्ने भएकोले नेपाली समुदायलाई सहभागिताको लागि आह्वान गरेको छ ।

बनभोजमा आगामी जुन २५ का आइतबारका दिन बिहान ११ बजे देखि साँझ ५ बजे संचालन हुने संस्थाकी महासचिव रोजी तामाङ्गले ईनेप्लिजलाई बताइन ।

कार्यक्रम स्थल ब्लाक हिल रिजनल पार्क मेरिल्याण्डमा हुने भएको छ । साथै उक्त बनभोजमा कुर्सी,कम्बल ,किटाणु नाशक फोहोरा (बग स्प्रे ) नृत्य जुत्ता आदी समेत ल्याउन अनुरोध गरिएको छ ।

स्थान : black hill regional park ,shelter I ,20930 LAKE RIDGE DR ,BOYDS ,MARYLAND 20841

प्रतिक्रिया