विश्व नेताहरू र ४०० भन्दा बढी सँस्थाहरूले युक्रेनको युद्धग्रस्त अर्थतन्त्रलाई पुनर्निर्माण गर्न सहयोग गर्ने वाचा गरेका छन ।
लन्डनमा युक्रेन रिकभरी सम्मेलनमा ४०० भन्दा बढी विश्वव्यापी सँस्था (कम्पनी)हरूले बुधबार युद्धग्रस्त अर्थतन्त्रको पुनर्निर्माणका लागि सहयोग गर्ने वाचा गरे। सिटी ,सानोफी र फिलिप्स जस्ताहरुले युक्रेनको पुनर्निर्माण गर्न सहयोग गर्ने वाचा गरेका छन् ।
बेलायती सरकारले युक्रेनका लागि सहयोगको सम्पुष्टि (प्याकेज )पनि तय गरेको छ। विश्व बैंकको ऋण बन्धन फुकाउननयाँ प्रत्याभूति (ग्यारेन्टी)हरूको ३ बिलियन र द्विपक्षीय सहायताको ३०५ मिलियन समावेश छ।
अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले सम्मेलनमा अमेरिकाले युक्रेनलाई उर्जा र अन्य महत्वपूर्ण पूर्वाधारको आधुनिकीकरण गर्न थप १.३ बिलियन डलर आर्थिक सहयोग पठाउने बताए ।
प्रतिक्रिया