अमेरिकी पत्रकार इभान गेर्शकोविच पूर्व-परीक्षण हिरासत विरुद्धको अपीलमा हारे

इनेप्लिज २०८० असार ७ गते ११:१८ मा प्रकाशित

अमेरिकी वाल स्ट्रिट जर्नलका पत्रकार इभान गेर्शकोविचले बिहीबार मस्कोमा जासुसीको आरोपमा पूर्व-परीक्षण हिरासतको विस्तारको बिरूद्ध आफ्नो अपील गुमाएका छन् ।

मस्कोको कुख्यात लेफोर्टोभो कारागार (जेल)मा गेर्शकोविचको हिरासत गत महिना अगस्त ३० सम्म बढाइएको थियो। जासुसीको आरोपमा उनी २० वर्ष कैद सजाय भोग्न सक्नेछन् ।

उनि सिसाको पिंजरामा गेर्शकोविच अदालतमा फैसलाका लागि उपस्थित भएका थिए भनि सिएनएनले जनाएको छ ।

रुसका लागि अमेरिकी राजदूत लिन ट्रेसी पनि मस्को नगर अदालत (सिटी कोर्ट)मा सुनुवाइमा थिए। उनका आमाबुवा एला मिलमन र मिखाइल गेर्शकोविच पनि त्यहाँ उपस्थित भएका थिए।

रुसको मुख्य सुरक्षा सेवा एफएसबीले मस्कोस्थित संवाददाता गेर्शकोविचले राज्यको गोप्य जानकारी प्राप्त गर्ने प्रयास गरेको दाबी गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले आधिकारिक रूपमा गेर्शकोविचलाई रुसमा गलत तरिकाले हिरासतमा राखेको घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले गेर्शकोविचको गिरफ्तारीलाई खेद प्रकट गर्दै उनलाई रिहा गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया