अमेरिकी संसद दङ्गामा प्रहरीलाई घाँटीमा बिद्युतझट्का हतियारले आक्रमण गर्ने व्यक्तिलाई साढे बाह्र बर्ष कैद सजाय

इनेप्लिज २०८० असार ६ गते २२:३१ मा प्रकाशित

अमेरिकी संसदमा जनवरी ६ ,२०२१ का दिन प्रहरी अधिकारीलाई घाँटीमा बिद्युतझट्का हतियार(इलेक्ट्रोशक् वेपन )ले आक्रमणगर्ने व्यक्तिलाई साढे बाह्र बर्ष कैद सजाय सुनाईएको छ ।

जनवरी ६ मा प्रहरी अधिकारी माइकल फानोनलाई आक्रमण गर्न बेहोस गर्ने बन्दुक(स्टन गन )प्रयोग गर्ने व्यक्तिलाई १२ वर्ष भन्दा बढीको कैद सजाय सुनाइएको छ ।

आक्रमण गर्ने ४० वर्षीय डेनियल रोड्रिगेजलाई बुधबार साढे १२ वर्षको जेल सजाय सुनाइएको छ ।

रोड्रिग्वेजलाई गत फेब्रुअरीमा षड्यन्त्र, खतरनाक हतियारले आक्रमण र आधिकारिक प्रक्रियामा अवरोध पुर्‍याउने लगायत चारवटा मुद्दामा दोषी ठहर गरिएको थियो ।रोड्रिग्वेज बुधबार अदालतबाट बाहिर निस्कँदा, उनले “ट्रम्पले जिते !” भनी चिच्याएका थिए ।

प्रतिक्रिया