रुसले युक्रेनले आक्रमण गरेको आशंका गर्दै मस्कोबाहिर ३ मानवरहित यान (ड्रोन )खसालेको दाबी

इनेप्लिज २०८० असार ६ गते ११:३२ मा प्रकाशित

रुसले युक्रेनले आक्रमण गरेको आशंका गर्दै मस्कोबाहिर ३ मानवरहित यान (ड्रोन )खसालेको बताएको छ ।

दुई मानवरहित यान (ड्रोन)हरू मस्को बाहिर ल्याइको र स्थानीय सैन्य इकाईको गोदामहरू नजिक पुगेको मस्को क्षेत्रका गभर्नर आन्द्रेई वोरोब्योभले बुधबार भने ।

मानवरहित यान मस्को सहरको प्रशासनिक रुपमा रहेको लुकिनो गाउँ नजिकै तल ओर्लिएको रुसी संचार माध्यमले जनाएको छ । तेस्रो मानवरहित यान (ड्रोन)को भग्नावशेष २० किलोमिटर (१२ माइल) टाढा फेला परेको बताइएको छ। कुनै क्षति वा हताहतको विवरण दिइएको छैन भनि एबिसीन्यूजले उल्लेख गरेको छ ।

रुसको रक्षा मन्त्रालयले मस्को क्षेत्रमा रहेका आफ्ना सुविधाहरूमा “कीभ शासन” द्वारा “आतंकवादी हमलाको असफल प्रयास” भएको दाबी गरेको छ।

युक्रेनले सामान्यतया रूसी माटोमा आक्रमणको पुष्टि गर्दैन र झारिएको मानवरहितयानको बारेमा कुनै तुरुन्त कुनै टिप्पणी नगरेको एबिसीले लेखेको छ । यसअघि युक्रेनी अधिकारीहरूले फेब्रुअरी २०२२ मा रूसको आक्रमण र युद्धको जवाफमा कुनै पनि लक्ष्यमा आक्रमण गर्ने देशको अधिकारलाई जोड दिएका थिए।

प्रतिक्रिया