टाइटानिक पनडुब्बी भग्नावशेषको भ्रमणका क्रममा हराएका २ पाकिस्तानी सहित पाँच जना सवार पनडुब्बीको आवाज सुनियो

इनेप्लिज २०८० असार ६ गते ११:०१ मा प्रकाशित

टाइटानिक पनडुब्बी भग्नावशेषको भ्रमणका क्रममा हराएका २ पाकिस्तानी सहित पाँच जना सवार पनडुब्बीको आवाज सुनिएको समाचार विभिन्न पत्रपत्रिकाले लेखेका छन् ।

। क्यानडाको न्यूफाउन्डल्याण्डको तटमा टाइटानिकको पानीमुनि भग्नावशेषको भ्रमणका क्रममा पाँच जना बोकेको एउटा पनडुब्बी बेपत्ता भए पछि पनडुब्बी फेला पार्न खोजी टोलीहरू अहोरात्र खटिई रहेका छन् । त्यसमा सवार रहेका ५ मध्ये २ जना पाकिस्तानी यात्री समेत रहेका छन् ।

ओसनगेट एक्सपीडिसनद्वारा सञ्चालित पनडुब्बी गत आइतबार बिहान ९६ घण्टा अक्सिजन आपूर्तिमा निस्केको उक्त पनडुब्बी पानी भित्र छिरेको करिब एक घण्टा ४५ मिनेटपछि सम्पर्कविहीन भएको थियो। युनाइटेड स्टेट्स कोस्ट गार्ड(समुन्द्रतट रक्षक )ले क्यानेडियन कोस्ट गार्ड र क्यानाडाली सशस्त्र बलको समन्वयमा तुरुन्तै टाइटन नामको २१ फिट पनडुब्बी गरिएको जहाजको खोजी र उद्धार अभियान सुरु गरेको थियो ।

क्यानाडाली विमानले ‘पानीमुनिको आवाज’ पत्ता लगायो तर खोजले ‘नकारात्मक नतिजा ल्यायो भनि सिएनएनले उल्लेख गरेको छ ।

“क्यानेडियन पि-३४ विमानले खोज क्षेत्रमा पानीमुनि आवाजहरू फेला पारेको छ,” अमेरिकी कोस्ट गार्डले बुधबार बिहान सामाजिक संजाल मार्फत जानकारी गराएको छ । परिणामस्वरूप, आवाजको उत्पत्ति पत्ता लगाउने प्रयासमा आरओभी सञ्चालनहरू स्थानान्तरण गरिएको छ । ती आरओभी खोजहरूले नकारात्मक परिणामहरू पाएका छन् तर खोज जारी राखेका छन् ।

टाइटानिकको भग्नावशेषको भ्रमण गर्ने क्रममा आइतबार एट्लान्टिक महासागरमा बेपत्ता भएको एउटा पनडुब्बीमा सवार पाँच जनामध्ये प्रख्यात अन्वेषक र
बाबु-छोराको जोडी पनि रहेको एबीसी न्यूजले जनाएको छ।

एबीसी न्यूजले जहाजमा सवारहरू हुनेहरुमा क्रमस स्टकटन रश, ओशनगेटका प्रमुख कार्यकारी अधिकारी ; हमिस हार्डिङ, एक बेलायती व्यापारी, बिमान चालक र अन्तरिक्ष पर्यटक; पल-हेनरी नार्जोलेट, एक फ्रान्सेली गोताखोर र टाइटानिक विशेषज्ञ; शहजादा दाउद, एक पाकिस्तानी व्यापारी, र उनका छोरा सुलेमान दाउद भएको पुष्टि गरेको छ ।

प्रतिक्रिया