न्युजिल्यान्डमा चिनियाँ चमेनागृहमा (रेस्टुरेन्ट)मा खाना खानेहरूमाथि आक्रमण गर्ने व्यक्तिले बञ्चरो प्रहार गर्दा ४ जना घाइते भएका छन् ।
न्युजिल्यान्डका तीन छिमेकी चिनियाँ चमेनागृहमा बञ्चरो लिएर एक व्यक्तिले चार जनालाई घाइते बनाएको प्रहरी र प्रत्यक्षदर्शीहरूले बताएका छन्।
अल्बानीको उत्तरी अकल्याण्ड उपनगरमा गत सोमबार उक्त व्यक्तिले राति करिब ९ बजे आक्रमण सुरु गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले २४ वर्षीय संदिग्धलाई घटनास्थलबाटै पक्राउ गरी गम्भीर शारीरिक हानी पु¥याउने नियतले घाइते बनाएको अभियोग लगाएको छ । ती व्यक्ति एक चिनियाँ नागरिक हुन् भने मंगलबार एक संक्षिप्त अदालतमा उपस्थित भए।
अकल्याण्ड नगर अस्पतालले मंगलबार आक्रमणबाट एक बिरामी स्थिर अवस्थामा रहेको बताएको छ। नर्थ शोर अस्पतालका अनुसार दुवैलाई सामान्य चोट लागेको र दुबैको अवस्था स्थिर रहेको छ । तेस्रो बिरामीलाई पहिले नै घर पठाईएको छ ।
रात्रि भोजन गर्ने एक व्यक्तिले न्यूजील्याण्ड हेराल्ड अखबारलाई बताए अनुसार उनी एक साथीसँग रात्रि भोज (डिनर )खाइरहेका थिए । ती व्यक्ति भित्र पसे र साथीलाई आक्रमण गर्न थालेको उनले बताए ।
प्रतिक्रिया