दु: खद घटना ! टेक्ससमा मालबाहक गाडीको ठक्करबाट एक बालकसहित दुई नेपालीको निधन ,३ जना घाइते ,गोफन्ड संचालनमा

इनेप्लिज २०८० असार ४ गते २३:४२ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यमा मालबाहक(ट्रक) गाडीको ठक्करबाट एक बालक सहित दुई जना नेपालीको निधन भएको छ । ३ जना गम्भीर घाइते भएका छन । उक्त दुर्घटना पछि बिबेक पराजुलीले गोफन्ड मि संचालनमा ल्याएका छन् । मृत्यु हुनेमा दुई पुरुष क्रमस सृजन ज्ञवाली तथा इमेज कार्की रहेका छन् ।

५ घण्टा अगाडी खोलेको गोफन्डमा १ लाख डलरको लक्ष्य राखिएको छ भने ६ घण्टामै २५ हजार डलर संकलन भएको छ । बिबेक पराजुलीले उक्त गोफन्डमा किन रकम उठाउन लागिएको हो भनि उद्धेश्यको समेत प्रकाश पारेका छन् ।

गत १७ जुन २०२३ मा उनले दिनेश दाजु, गंगा भाउजु, छोरा इमेज (११ बर्षिय ), इभान (६ बर्षीय ), सृजन ज्ञवाली र सृजन प्याकुरेल दाई भन्दै सम्बोधन गर्दै परिवार घुम्न जाँदै गर्दा मालबाहक सवारी साधन (पिकअप ट्रक)ले ठक्कर दिँदा उनीहरुको कार पल्टिएको जनाएका छन् ।

गो फन्डमीमा उल्लेख गरिए अनुसार गाडीलाई ठक्कर दिंदा ३ पटक भन्दा बलड्याङ्ग खादा दुईको मृत्यु र ३ जना गम्भीर घाइते भएका थिए । सवारी साधन (कार) दुर्घटनामा ज्यान गुमाएका स्वर्गीय सृजन ज्ञवाली र स्वर्गीय इमेज कार्कीको शोकाकुल परिवारलाई आवश्यक सहयोग गर्न कोष संचालनमा ल्याईएको बताईएको छ।

यो अप्रत्याशित र हृदयविदारक घटनाले परिवारलाई चकनाचुर पारेको छ, भावनात्मक रूपमा डुबाएको छ । र अप्रत्याशित खर्चको बोझ आई परेकोले कठिन समयमा उनीहरूको आर्थिक बोझ कम गर्न समुदायलाई आयोजकले सहयोगको आह्वान समेत गरिएको छ ।

बिबेक पराजुलीले यसरी लेखेका छन :

पृष्ठभूमिका केही अंश जस्ताको त्यस्तै :

दुर्घटनामा सृजन ज्ञवाली र इमेज कार्की दुवैको ज्यान गएको छ । यो त्रासदीले कान्छो भाइ इभान, बुबा दिनेश र आमा गंगालाई अस्पतालमा भर्ना गरी उपचार गरि रहेको अवस्था छ । यो अकस्मात दुखद घटनाले उनीहरुको परिवार र आफन्तहरुलाई स्तब्ध बनाएको छ । आफ्नो परिवारको एक मात्र कमाउने सृजन ज्ञवालीले आफ्ना वृद्ध आमाबुवालाई अत्यन्तै शोकमा नेपाल छोडेर आएका थिए । यसले विशेष गरी सृजन ज्ञवालीका वृद्ध आमाबाबुलाई असर गरेको छ, जो आर्थिक सहयोगको लागि आफ्ना छोराछोरीमा आश्रित थिए।

उनको दुर्घटनाको एक दिन अघि स्व सृजन ज्ञवालीले आफ्ना आमा र बुबासँग नेपाल दुरवार्ता (फोन) गरेका थिए जसलाई उनले उनीहरूलाई यहाँ ल्याउने र राम्रो जीवन देखाउने वाचा गरेका थिए भनि उल्लेख गरिएको छ ।

हामी परिवारसँग नजिकको सम्पर्कमा छौं र दाताहरूलाई उनीहरूको योगदानको प्रभावको बारेमा जानकारी गराउन नियमित अध्यावधिक (अपडेट)हरू प्रदान गर्नेछौं। परिवारको इच्छा र भलाईको सम्मान गरिएको सुनिश्चित गर्दै सम्पूर्ण प्रक्रियाभर गोपनीयता र संवेदनशीलता कायम गरिनेछ भनि बिबेक पराजुलीले बताएका छन् ।

सृजन ज्ञवालीको अन्त्येष्टि ड्यालसमा हुने र मिति तय हुने छ । इमेजको अन्त्येष्टि लङ्ग भ्यु वरिपरि आयोजित हुनेछ (मिति र स्थान अझै निर्णय गर्न बाँकी) भनि उल्लेख गरिएको छ।

सहयोग गर्न यहा थिच्नु होला : https://www.gofundme.com/f/support-for-the-families-of-karki-and-gyawali?fbclid=I

प्रतिक्रिया