पेन्सेलभेनिया चेस्टर शहर स्थित एक कार्यस्थलमा ५ जनालाई गोली प्रहार, २ जनाको मृत्यु

इनेप्लिज २०८१ जेठ ९ गते १८:३८ मा प्रकाशित

अमेरिकाको पेन्सेलभेनिया राज्यको चेस्टरको डेलावेयर काउन्टी लिनेनको एक कार्यस्थलमा ५ जनालाई गोली हान्दा दुई जनाको मृत्यु भएको जिल्ला न्यायधिवक्ताले जानकारी दिएका छन ।

एक पत्रकार सम्मेलनमा जिल्ला न्यायधिवक्ता ज्याक स्टोलस्टिमरका अनुसार एक असन्तुष्ट कर्मचारी लिनेन पसलमा पसे र पाँच सहकर्मीहरूलाई गोली हानेका थिए ।

 घाइतेमध्ये दुई जनाको मृत्यु भएको छ भने तीन जनालाई गम्भीर अवस्थामा क्रोजर-चेस्टर मेडिकल सेन्टर( चिकित्सा केन्द्र) मा भर्ना गरिएको सिविएसन्यूजले जनाएको छ ।

 एक असन्तुष्ट भूतपूर्व कर्मचारीले गोली चलाएका हुन ।

चेस्टरका नगर प्रमुख स्टेफन रुट्सले एक पत्रकार सम्मेलनमा पीडितमध्ये एक व्यक्ति पर्यवेक्षक रहेको बताए।

 गोली हान्ने व्यक्ति भाग्ने प्रयास गरेको तर डेलावेयर काउन्टीमा प्रहरीले पक्राउ गरेको बताएको छ।

गोलीबारीमा हाते बन्दुक प्रयोग गरिएको स्टोलस्टेमरले बताए ।

वेस्ट फोर्थ स्ट्रीट( गल्ली)को  २६०० भवन समूहमा बिहान ८:३० बजे गोली चलेको थियो। 

स्टोलस्टीमरका अनुसार एक व्यक्ति पसल भित्र र एक बाहिर मारिएका थिए ।

प्रतिक्रिया