अमेरिकी संसदका उम्मेदवार एड्रियन आशिष पोखरेल घरदैलो अभियानमा व्यस्त , स्वयम् सेवकमा नाम लेखाउन आह्वान

इनेप्लिज २०८१ जेठ ९ गते २३:५७ मा प्रकाशित

अमेरिकी संसदका उम्मेदवार एड्रियन आशिष पोखरेल घरदैलो अभियानमा व्यस्त रहेका छन् । उनले आगामी जुन १८ का दिन हुने प्राथमिक निर्वाचनको लागि स्वयम् सेवकमा नाम लेखाउन आह्वान गरेका छन् ।

उनले हरेक दिन साँझपख कुनै पनि समुदायले राखेको भेटघाट कार्यक्रममा आफू उपस्थिति हुने जनाएका छन् । यो क्रम जारी रहेको छ भने अमेरिकामा सबै जना साँझ पख काम सकेर घर आउने हुनाले उनले यसरी सन्ध्याकालिन समयमा भेटघाट र चुनाव अभियानलाई प्रचार प्रसार गरि रहेका छन् ।

उनको क्षेत्रमा थुप्रै नेपाली समुदायले उनको प्रचार प्रसार सामग्री घर आँगनमा राखी दिएका छन् । जो कसैले पनि साँझको समयमा आफू र छरछिमेकमा मतदाता रहेका छन् भने भेला गर्न सकेमा समय व्यवस्थापन गर्ने ईनेप्लिजलाई बताए । साथै जुन १८ प्राथमिक निर्वाचनको लागि स्वयम् सेवकको आवस्यक परेकोले ईनेप्लिज मार्फत नाम लेखाउन सबैलाई आग्रह गरेका छन ।

साथै प्रचार प्रसारमा भूमिका निर्वाह गर्न समेत अनुरोध गरेका छन् । सुनसरीको धरानमा जन्मेका आशिष पोखरेल (एड्रियन) भर्जिनियाको निर्वाचन क्षेत्र १० बाट अमेरिकी संसदका लागि डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका छन् ।

१४ वर्ष अमेरिकी सेनामा काम गरेका अमेरिकी सेनाका पूर्व कप्तान पोख्रेलले अमेरिकी गुप्तचर सँस्था सीआईएमा ६ वर्ष काम गरिसकेका छन् ।

एड्रियनको मुख्य कार्यसूची (एजेन्डा )हरु रोजगारी सिर्जना, मानसिक स्वास्थ्य सेवा सुधार गर्ने, स्वास्थ्य सेवाको लागत घटाउने, र महिलाको प्रजनन अधिकार, श्रमिक संघहरूको अधिकार र लोकतन्त्रको सुरक्षालाई प्राथमिकता रहेका छन् ।

जुन १८ मा हुने प्राथमिक निर्वाचनमा पोख्रेलसहित ११ जना उम्मेदवारहरु मैदानमा रहेका छन् ।

प्रतिक्रिया