विशाल नेपाल

इनेप्लिज २०८० असार ४ गते २१:२६ मा प्रकाशित

सुन्दर,शान्त,विशाल भन्ने पढेको
हो,साँच्चै विशाल रहेछ नेपाल।
त्यसैले त
देशको एउटा टुप्पोमा
वर्षातको ताण्डव चलिरहँदा
उता अर्को टुप्पोमा
ग्रीष्मको चरमोत्कर्ष छ।
एउटै देशमा
एउटै समयमा
दुई ऋतु चल्ने
साँच्चै विशाल छ नेपाल।

-मित्र `उराठी´ गौतम

प्रतिक्रिया