मेरिल्याण्डको बाल्टिमोर क्षेत्रमा बस्दै आएका व्यवसायी तथा वर्तमान वरिष्ठ उपाध्यक्ष रहेका बिजय श्रेष्ठले आगामी जुलाई १ र २ का दिन कोलोराडोमा हुने एएनए सम्मेलनको निर्वाचनमा पुन उक्त पदमा उम्मेदारी दिने भएका छन् ।
उनले सामाजिक संजाल एएनए समूहमा खगेन्द्र अधिकारीले अध्यक्ष पदमा उम्मेदवारी दिएको घोषणा गर्न साथ उनलाई शुभकामना दिदै वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
बानामा पूर्व अध्यक्ष समेत रहेका उनि एनपीपीए लगायत विभिन्न संघ/संस्थामा आबद्ध रहेका छन् । श्रेष्ठले यस गरिमामय संस्थाको वरिष्ठ उपाध्यक्ष पदमा पुनः उमेद्वारी दिने सहर्ष स्वीकार गर्दै सार्वजनिक जानकारीको लागि आफ्नो धारणा व्यक्त गर्दछु भनि समूहमा लेखेका छन् ।
साथै उनले सदाझैं सबैबाट यस संस्थामा रहेर सेवा प्रदान गर्नका लागि सम्बन्धित सबैबाट पूर्ण सहयोगको लागि अनुरोध गर्दछु भनि सबैलाई आग्रह समेत गरेका छन् ।
प्रतिक्रिया