आइतवार इस्तानबुलबाट न्यूयोर्क जाँदै गरेको टर्किस बिमानको उडानमा ११ वर्षीया बालिका बेहोस भएपछि मृत्यु भएको बिमानसेवाले सीबीएस न्यूजलाई एक विज्ञप्तिमा जानकारी दिएको छ ।
उडान टिके००३ले बुडापेस्ट, हंगेरीमा आपतकालीन अवतरण गर्नु परेको थियो । विमानमा रहेका चिकित्सकले बालिकालाई सहयोग गर्ने प्रयास गरेका थिए ।
हाम्रो चालकदल तुरुन्तै बुडापेस्ट तर्फ मोडिएको टर्किस बिमानसेवाले सोमबार सीबीएस न्यूजलाई प्रदान गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । “हाम्रा यात्रुहरू मध्ये एक चिकित्सक भएकोले उनले बचाउन कोसिस गरे र हाम्रो चालक दलले बुडापेस्टमा आपतकालीन अवतरण गर्यो।” बिज्ञप्तिमा भनिएको छ ।
आपतकालीन चिकित्सा कर्मचारीहरूले बुडापेस्टमा सबै प्रयासको बाबजुद पनि यात्रुलाई बचाउन सकेनन । बिमानसेवाले “परिवार र प्रियजनहरूप्रति हार्दिक समवेदना” दिएको छ । बालिकाको परिवार बुडापेस्टमा विमानबाट ओर्लियो, उडान जारी राख्न र निर्धारित समयभन्दा करिब साढे चार घण्टा ढिलो न्यूयोर्क आइपुगेको छ ।
बिमानसेवा ,टर्की अथवा हंगेरीका अधिकारीहरूले बालिकाको राष्ट्रियता वा उनको मृत्युको संदिग्ध कारणको बारेमा कुनै जानकारी गराई नसकेको समाचारमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया