प्रिन्स विलियमले सैन्य परेडको समीक्षा गर्दा धेरै बेलायती सुरक्षाकर्मीहरू गर्मीले बेहोश

इनेप्लिज २०८० जेठ २८ गते १४:५१ मा प्रकाशित

प्रिन्स विलियमले सैन्य परेडको समीक्षा गर्दा धेरै बेलायती सुरक्षाकर्मीहरू गर्मीको कारण बेहोश भएका छन् । प्रिन्स विलियमलाई अभिवादन गर्न ऊनी ट्युनिक र भालुको छालाको टोपी लगाएर शनिबार धेरै बेलायती सैनिकहरू तातोमा परे पछि उनीहरु बेहोस भएका हुन् ।

कम्तिमा तीन सुरक्षाकर्मी (गार्ड)हरू बेहोस भएका थिए । सिएनएनका अनुसार पारिवारिक बिभाग (हाउसहोल्ड डिभिजन) र किंग्स ट्रुप रोयल हर्स आर्टिलरी(राज सेना शाही घोडा तोपखाना)का १,४०० भन्दा बढी सिपाहीहरू सिंहासनका उत्तराधिकारीले समीक्षा गरेका थिए।

लन्डनमा गत शनिबारको तापक्रम ८६ डिग्री फरेनहाइटमा पुगेको थियो ।

पछि विलियमले सामाजिक संजाल मार्फत ट्वीट गरे र भने : “आज बिहान तातोमा कर्नलको समीक्षामा भाग लिने हरेक सिपाहीलाई धेरै धेरै धन्यवाद। कठिन परिस्थिति तर तपाईहरु सबैले वास्तवमै राम्रो काम गर्नुभयो।”

उनले पछि परेडका धेरै तस्बिरहरू साझा गरेका थिए । यो कार्यक्रम ट्रुपिङ द कलरको लागि पूर्वाभ्यास थियो, जुन प्रत्येक जुनमा सम्राटको आधिकारिक जन्मदिन मनाउन वार्षिक सैन्य परेड गरिन्छ। राजा चार्ल्स तृतीयले जुन १७ मा समारोहको निरीक्षण गर्नेछन ।

प्रतिक्रिया