सान फ्रान्सिस्कोको ‘लक्षित र पृथक घटना’ मा कम्तीमा ९ जनालाई गोली प्रहार

इनेप्लिज २०८० जेठ २७ गते १०:२३ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोको मिसन जिल्लामा ‘लक्षित र पृथक घटना’ मा कम्तीमा ९ जनालाई गोली लागेको प्रहरीले जनाएको छ ।

सान फ्रान्सिस्कोको मिसन जिल्ला छिमेकमा कम्तीमा नौ जनालाई शुक्रबार गोली हानिएक छ । भोज चलिरहेको बेला भएको गोलाबारीबाट सबै पीडितहरू बाँच्ने अपेक्षा गरिएको सान फ्रान्सिस्को प्रहरी विभागका अधिकारी इभ लौकवानसथितायाले एक पत्रकार सम्मेलनमा बताइन ।

स्यान्टियागो लेर्माका अनुसार सान फ्रान्सिस्को सुपरिवेक्षक समिति सदस्यका बिधायकका सहयोगी सहित कम्तिमा पाँच पीडितहरूलाई अस्पतालमा भर्ना गरिएको छ । पाँच घाइतेमध्ये एकको शुक्रबार रातिसम्म शल्यक्रिया भइरहेको छ भने चार जनाको सामान्य चोटपटकको उपचार भइरहेको लेर्माले घटनास्थलमा सीएनएन सम्बद्ध केपिआइएक्सलाई बताए।

सान फ्रान्सिस्को प्रहरी विभागका अधिकारीहरूलाई मिशन जिल्लामा स्थानीय समय अनुसार राति बजे ९ बोलाइएको थियो।

“जब अधिकारीहरु घटनास्थलमा पुगे, उनीहरूले बन्दुकको गोली लागेका धेरै पीडितहरूलाई भेट्टाए,” प्रहरीले एक विज्ञप्तिमा उल्लेख गरेका छन ।

अधिकारीहरूले घटनास्थलमा चिकित्सकहरूलाई पीडितहरूलाई स्थानीय क्षेत्रीय अस्पतालहरूमा उपचार गर्न र पठाउन बोलाएका थिए । मिसन डिस्ट्रिक्ट नामक जिल्लालाई द मिशन भनेर चिनिन्छ। एबिसी न्यूजका अनुसार उक्त जिल्ला एक ठूलो र विविध छिमेक हो जुन प्राय: सान फ्रान्सिस्कोको पूर्वी-मध्य भागमा यसको ऐतिहासिक वास्तुकलाको लागि परिचित छ।

प्रतिक्रिया